बस दुर्घटनामा एकको मृत्यु, ४१ घाइते



हाम्रो इकोनोमि

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका–१२ अन्तर्गत चौतारा बन्देउ सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४१ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते सोही नपाको वडा नं १३ निवासी पाँच वर्षीया बालिका सुजाता नेपालीको धुलिखेलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

घाइते ४१ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

सो नगरपालिका–१३ को ठूलोसिरुबारीबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २७०२ नंको यात्रुबसले विपरीत दिशाबाट आएको बा६४प ३०२६ नंको मोटरसाइकललाई ठक्कर दिएपछि बस अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल पल्टिएको थियो । मोटरसाइकल चालक र पछाडि बस्ने यात्रुसमेत घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...