भ्याट आतंकले २२ अंकले झर्यो नेप्से, साँढे ५६ करोडको सेयर कारोबार



हाम्रो इकोनोमि

काठमाण्डौं । आइतबार नेप्से २१.९९ अंकले घटेर १५४१.८२ विन्दुमा झरेको छ । कुल १४८ कम्पनीको कारोबार भएको बजारमा ५६ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

सबैभन्दा बढि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको पाँच करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ। कारोबार रकमका आधारमा स्ट्यान्डर्ड चाटर्ड बैंक दोस्रो स्थानमा छ। बैंकको तीन करोड ३२ लाख रुपैयाँको शेयर खरिद बिक्री भयो।

होटल र अन्यवाहेक सबै सुचक घटेका छन्। आठ समुहको कारोबार हुँदा बैंक २२.८७, विकास बैंक ३०.२१, जलबिद्युत २५.४२, फाइनान्स ६.५२, बीमा १२९.६६ र उत्पादनमूलक समूह २०.६८ अंकले घटेको छ। होटल ०.३३ र उत्पादन मुलक २.६१ अंकले बढेको छ।

बजार घटेको बेलामा पनि पोखरा फाइनान्सले १० प्रतिशत कमाएको छ। नेपाल धितो पत्र बोर्डले एफपीओ निस्कासन अनुमति दिएपछि पोखरा फाइनान्सको मूल्य बढेको हो। सबैभन्दा बढि एभरेस्ट बैंक (परिवर्तनीय) को शेयर मूल्य १० प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...