तीन भाई कांग्रेसीका कारण कांग्रेसको गड भत्कियो,किन भाउन्न भए देउवा ?



कांग्रेस सभापती समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा तीन भाई कांग्रेसीका कारण भाउन्न भएका छन। आफुले बिश्वाश गरेकै बाट नतिजा राम्रो नाआए पछि देउवा तनाबमा छन।
कांग्रेस नेता खुमबहादुर खड्काको गृहजिल्ला दाङमा स्थानीय तहको निर्वाचनमा कांग्रेसको अवस्था निकै दयनीय देखिएको छ ।दोस्रो संविधानसभामा दाङका पाँचवटै निर्वाचन क्षेत्रमा कांग्रेसले विजय हासिल गरेको थियो ।
दुई उपमहानगर, दुई नगरपालिका र सात गाउँपालिका रहेको दाङमा एमालेले पकड जमाएको छ । घोराही र तुल्सीपुर उपमहागरपालिकामा कांग्रेस उम्मेदवार एमालेभन्दा तीनदेखि चार हजार मतले पछि परेका छन् ।

दाङका ११ मध्ये दुई तहमा एमाले र एक–एक ठाउँमा कांग्रेस–माओवादी केन्द्र विजयी भएका छन् । दाङमा यसपल्ट नेता खुमबहादुर खड्काले ज–जसलाई उम्मेदवारी दिन सिफारिस गरेका थिए, कांग्रेसले उनीहरूलाई नै टिकट दिएको थियो । तैपनि नतिजा कांग्रेसको पक्षमा देखिएको छैन ।
तुल्सीपुर उपमहानगरमा कांग्रेसले गेहेन्द्र गिरीलाई प्रमुखको उम्मेदवार बनाएको थियो । उनी खुमबहादुरका अत्यन्त निकट हुन् । गिरी एमाले उम्मेदवार घनश्याम पाण्डेभन्दा दुई हजार मतले पछि परेका छन् ।

यही अनुमातमा मत परिणाम आए दाङमा कांग्रेसको अवस्था निकै नाजुक हुने भन्दै कांग्रेस नेता कार्यकर्ता चिन्तित बन्न थालेका छन् । दाङको कांग्रेसको अवस्था देखाएर खुमबहादुर खड्काले पार्टी सभापति देउवासँग बार्गेनिङ गर्दै आएका छन् ।
चाँडै हुने मन्त्रिमण्डल विस्तारमा पनि खुमबहादुरले मआफू निकट मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउन देउवासँग सिफारिस गरेका छन् । तर, स्थानीय तहको निर्वाचनमा दाङको मतपरिणामले देउवा खड्कासँग असन्तुष्ट बनेको बालुवाटार स्रोतले बतायो ।

 

उता सुदूरपश्चिमलाई नेपाली कांग्रेसले आफ्नो गढको रूपमा लिँदै आएको थियो । २०४८ र २०५६ सालको निर्वाचनमा कांग्रेसले सो क्षेत्रबाट उल्लेख्य रूपमा सांसद जितेको थियो ।
तर, स्थानीय तहको दोस्रो चरणको निर्वाचनसम्म आइपुग्दा सुदूरपश्चिममा कांग्रेसको गढ भत्किसकेको देखिएको छ । यस क्षेत्रको ८८ स्थानीय तहमध्ये कांग्रेसले ६०–६५ तहसम्म विजयी हुने आंकलन गरेको थियो । तर, नेताहरूको आपसी द्वन्द्वले सुदूरपश्चिममा कांग्रेसको संगठन विस्तारै ओरालो लाग्न थालेको नेताहरू बताउँछन् ।
सुदूरपश्चिममा सबैभन्दा बढी कांग्रेसले ठाउँ र महत्व दिएको जिल्ला भनेको कैलाली र कञ्चनपुर हो । तर, यी दुवै जिल्लामा केन्द्रीय नेताहरू रमेश लेखक र एनपी साउदको आपसी द्वन्द्वले कांग्रेस निकै पछाडि परेको छ । लेखक र साउद दुवै पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् । सुदूरपश्चिममा देउवापछि को नेता भन्ने प्रतिस्पर्धाका कारण लेखक र साउदमा द्वन्द्व छ । यी दुई नेताकै कारण कैलाली र कञ्चनपुरमा कांग्रेस एमालेभन्दा पछाडि पर्ने संकेत देखिएको छ ।

कैलाली र कञ्चनपुरमा यी दुवै मन्त्री हुँदा सुदूरपश्चिमकै सबैभन्दा बढी बजेट पठाइए पनि वा अवसर दिइए पनि सोचेअनुरूप परिणाम आउन नसकेकोमा कांग्रेस सभापति देउवा असन्तुष्ट छन् । दुवै जिल्लामा गरी २२ वटा स्थानीय तह छन् । यदि मिलेर चुनावमा गएको भए १५ वटा कांग्रेसको भागमा पर्ने नेताहरू बताउँछन् । तर अहिलेसम्मको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेस कैलाली र कञ्चनपुर दुवैमा दोस्रो र तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्