पुर्चौडी नगरपालिकामा माओवादी विजयी



हाम्रो इकोनोमि

बैतडी । पुर्चौडी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

नगर प्रमुखमा रणबहादुर कुँवर चार हजार ४४६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दिपक बमले चार हजार १११ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा माओवादी केन्द्रकी जानकी बम चार हजार ९८४ मत ल्याई विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी जानकी साउदले तीन हजार ७८७ मत प्राप्त गर्नुभयो ।

पुर्चौडी नगरपालिकाको १० वटा वडा मध्ये ६ वडाध्यक्षमा काँग्रेस, तीनमा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएको छ । काँग्रेसबाट वडा नं १ को वडाध्यक्षमा गणेश गडाल, २ मा चक्रबहादुर बम, ७ मा रामबहादुर ऐरी र ८ मा जनक विष्ट विजयी भए भने एमालेबाट वडा नं ४ मा गौतम भट्ट, ६ मा जगी साउद र १० मा जीतबहादुर विष्ट निर्वाचित भए । माओवादी केन्द्रबाट वडा नं ३ मा दलबहादुर धामी, ५ मा नागी खडायत र ९ मा रम्बा बोहरा विजयी भए ।

बैतडीका कुल १० वटा स्थानीय तह मध्ये काँग्रेस ६ वटामा, एमाले तीन तथा माओवादी केन्द्र एउटामा विजयी भयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...