एमालेलाइ मतदान गर्ने बिरुद्व हतियार उठाउने माओबादी नेताको चेतावनी



हाम्रो इकोनोमि

पछिल्लो संबिधान सभाको चुनाबमा एमाले अध्यक्ष केपी ओली संग चुनाब लडेर सर्मनाक पराजय भोगेका माओबादीका नेता गोपाल किरातीले एमालेले दोश्रो चरणको स्थानीय तहमा जितेकाले आफ्नो पार्टीले त्यस बिरुद्व बन्दुक उठाउने चेतावनी दिएका छन।अध्ययनशिल तर अराजक नेताका रुपमा चिनिने उनलेजनताले एमालेलाई जिताएर गल्ती गरेको बताए । नेपाली बहसमा ऋषि धमलासँग् कुराकानी गर्दै उनले आज बिहान उक्त कुरा बताएका हुन्।

“स्थानीय तहको चुनावमा एमालेलाई पहिलो स्थानमा पुग्ने गरी मत दिएर जनताले गम्भीर गरेका छन्” उनले भने, “यस्तो तरिकाले जनताले अब दुःख पाउने दिन आउने निश्चित छ । अब हतियार उठाउनुको विकल्प देखिएको छैन । हामी सशस्त्र विद्रोहमा जान सक्छौं ।” स्थानिय तहको चुनावी परिणममा माओवादीलाई पछि पारेर जनताले गल्ती गरेको भन्दै एमालेलाइ मत दिने जनतालाई दुख दिनेगरी बन्दुक उठाउने उनको भनाइ थियो। बिबादास्पद कुरा गरेर आलोचना खेप्दै आएका किरातीलाइ दर्जनौ पटक प्रचण्डले प्रस्टीकरण लिईसकेका छन।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...