माई जोगमाईमा एमाले विजयी



हाम्रो इकोनोमि

इलाम । माई जोगमाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका जीतबहादुर राईले पाँच हजार ६९६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेम्बाछिरी शेर्पाले तीन हजार ९३६ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै सावित्रा भट्टराईले पाँच हजार २९५ मत प्राप्त गरी विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसक लोकमाया थेवेले तीन हजार ९४२ मत प्राप्त गर्नुभयो ।

चौध हजार ८०५ मतदाता रहेको यो गाउँपालिकामा १० हजार ९३५ मत खसेको थियो । छ वटा वडा रहेको माई जोगमाईका दुई वडामा काँग्रेसका उम्मेदवार र अन्य वडामा एमालेका उम्मेदवार विजयी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...