उच्च शिक्षालाई वैज्ञानिक र गुणस्तरीय बनाइनुपर्छ: प्रम



काठमाडौँ । प्रधानमन्त्री एवम् त्रिविका कुलपति शेरबहादुर देउवाले मुलुकको उच्च शिक्षालाई समयसापेक्ष परिवर्तन गरी चुस्त शैक्षिक वातावरण निर्माणमा विश्वविद्यालयको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

त्रिवि सभाको ५८ औँ वार्षिक दिवस बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक वातावरण निर्माण गरी शिक्षालाई वैज्ञानिक, व्यावहारिक रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राथमिक शिक्षासँगै उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, धर्म र क्षेत्रको पहुँचमा पु¥याउन आवश्यक रहेको र यसका लागि व्यवस्थापनमा विकेन्द्रीकरण र स्वायत्ततालाई क्रमिक रुपमा अगाडि बढाउँदै लैजानुपर्ने औंँल्याउनुभयो ।

प्रधानमन्त्री देउवाले सबै सरोकार भएकाहरुसँग समन्वय गरी विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र नीतिगत विषयमा आवश्यकतानुसार सुधार गरी आफ्ना कार्य सञ्चालन गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले अर्को प्रसङ्गमा हालै सम्पन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुनु र यसमा नागरिकको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रको स्थायित्व र संविधानको कार्यान्वयनमा थप सहजता आएको महसुस गरिएको बताउँदै आगामी माघभित्र सबै तहको निर्वाचन गराई मुलुकलाई स्थायित्व र विकासको मार्गमा अगाडि बढाउनु सरकारको पहिलो प्राथमिकता हो भन्नुभयो ।

बैठमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री एवम् त्रिविका सहकुलपति गोपालमान श्रेष्ठले समय र परिस्थिति अनुकूल विश्वविद्यालयमा सञ्चालित उच्च शिक्षालाई विश्व परिवेश अनुकूल गराउन तथा गुणात्मक रुपले प्रतिस्पर्धी विद्यार्थी उत्पादन गराउन आग्रह गर्नुभयो ।

त्रिविका कुलपति प्रा डा तीर्थराज खनियाले विश्वविद्यालयले काठमाडौँ उपत्यकाभित्र लागू गरेको सेमेस्टर प्रणाली व्यवस्थित गरेको, प्रविधियुक्त शिक्षाको थालनी गरी वाइफाइ र इ–लर्निङको व्यवस्थाका साथै दूरशिक्षाको समेत थालनी गरेको जानकारी दिनुभयो ।

त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले २०७३ असार २ गतेदेखि २०७४ जेठ १७ सम्मका अवधिमा तोकिएका आवश्यकता पूरा गरी परीक्षासमेत उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका ८६ हजार २९२ जना विद्यार्थी रहेको जानकारी दिनुभयो ।

तीमध्ये शिक्षाशास्त्र सङ्कायमा २६ हजार २९०, व्यवस्थापन सङ्कायमा १८ हजार १५३, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा १३ हजार २३६ र कानुन सङ्कायमा एक हजार १०८ छन् । त्यसैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा चार हजार ३५४, इन्जिनियरिङ अध्ययन संस्थानमा दुई हजार ३९३, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा ४३१ र वन विज्ञान अध्ययन संस्थानमा २४० छन् । ती विद्यार्थीको दीक्षान्त आगामी पुसमा गर्ने तयारी भइरहेको बताइएको छ । यसअघि प्रधानमन्त्री देउवाले त्रिविको नवनिर्मित मूल प्रवेशद्वारको उद्घाटन तथा त्रिवि केन्द्रीय कार्यालय परिसरमा झन्डोत्तोलन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन

    अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधबार राति राष्ट्रका नाममा

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

    चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

  मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल