लागुऔषध चरेसका मुख्य कारोबारी पक्राउ



हाम्रो इकोनोमि

चितवन । गत वैशाख २० गते नारायणगढको लायन्सचोकबाट ना४ख ७६३० नंको ट्रकबाट बरामद गरिएको १२६ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेसका मुख्य कारोबारीलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार पर्सा जिल्ला, कौवावन कटैया गाउँपालिका – ७ का ३२ वर्षीय आजाद भनिने ओसिम महम्मद अन्सारीलाई निजकै घरबाट नेपालमा चरेस खरिद गरी बिक्रीका लागि भारत लैजाँदै गर्दा यही असार १५ गते प्रहरीले पक्राउ गरेको हो । सो चरेस धादिङबाट ल्याइएको थियो ।

चरेस बरामद भएकै दिन चालक मोजहर मन्सुर र सहचालक अजयकुमार रामलाई प्रहरीले पक्राउ गरेको थियो । अट्ठाइस वर्षीय मन्सुर बारा जिल्लाको जितपुर सिमरा नगरपालिका–२३ का र १९ वर्षीय कुमार राम बारा प्रस्टोका–४ का हुन् । दुवैलाई लागुऔषध नियन्त्रण ऐन, २०३२ अन्तर्गत कारबाही गरिने थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...