मोहन्याल र मादीमा एमाले विजयी



हाम्रो इकोनोमि

धनगढी । कैलालीको पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ ।

अध्यक्षमा एमालेका नवलसिं रावलले एक हजार ९९८ मत र उपाध्यक्षमा पूजा बुढाले दुई हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का प्रत्यासी हुनुहुन्थ्यो ।

७ नं प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी–१का वडाध्यक्षमा नेपाली काँग्रेसका सन्तोष मुडभरी र वडा नं १८का अध्यक्षमा माओवादी केन्द्रका मुरारी अधिकारी विजयी हुनुभएको छ । यस्तै वडा नं १९का वडाध्यक्षमा एमालेका तिलुराम चौधरी विजयी हुनुभएको छ ।

उपमहानगरको पछिल्लो मतपरिणामअनुसार प्रमुखमा काँग्रेसका नृप ओडले तीन हजार ४९७ प्राप्त गर्नुभएको छ । उहाँलाई स्वतन्त्र उम्मेदवार गोपाल हमाल तीन हजार ८२ मतले पछ्याइरहनुभएको छ । एमालेका दुर्गाप्रसाद जोशीले दुई हजार ८५४ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा काँग्रेसकी सुशीला मिश्रले चार हजार नौ मत प्राप्त गर्दा एमाले उपप्रमुखकी प्रत्यासी रुक्मिणी देवकोटाले तीन हजार ५७८ मतले पछ्याइरहनुभएको छ । कैलालीको लम्की चुहानगरको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेले अग्रता लिएका छन् ।

मादीमा एमाले विजयी

स्थानीय तह निर्वाचनअन्तर्गत सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा (एमाले) प्रमुखका उम्मेदवार विदुरकुमार लिंथेप दुई हजार ७४१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामकुमार जिमीले दुई हजार १२२ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...