२१ बर्ष अघिका मन्त्री, नगरपालिकाको मेयरमा निर्बाचित



सिंगो मन्त्रालय चलाई सकेका पुर्बमंत्री यतिबेला सहसचिब हाराहारीको मर्यादाक्रम तोकिएको नगरपालिकाको मेयरमा निर्वाचित भएका छन।२१ बर्ष पहिले नै मंत्री बनिसकेका उनि अहिले मेयरमा निर्वाचित भएपछी धेरैले चासो लिएका छन।

बैतडीको पाटन नगरपालिकामा २०५३ को संसदीय उपनिर्वाचनमा बैतडी क्षेत्र नम्बर १ बाट विजयी भई महिला, बालबालिका तथा समाजकल्याण सहायकमन्त्री बनेका केशवबहादुर चन्द मेयरमा विजयी भएका छन् । चन्दले चार हजार ८३३ र उनका प्रतिद्वन्द्वी एमालेका नरेश विश्वकर्माले तीन हजार ३८२ मत प्राप्त गरे ।
२०३८ सालदेखि राजनीतिमा सक्रिय चन्द २०४६ सालको जनआन्दोलमा सहभागी भएका थिए । मेयरमा जितेपछि आफू पाटन नगरपालिकाको विकासका लागि लागिपर्ने उनले बताएका छन् ।
पाटनमा चन्दको जितसँगै खुसीयाली छाएको छ । चन्दले आफूसँग लामो समयसम्मको राजनीति अनुभव भएकाले अब केन्द्रको अनुभव स्थानीय लहमा लागू गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

पूर्व सहायकमन्त्री मेयर बनेपछि पाटन नगरपालिकालाई प्रतिष्ठाको विषयको रूपमा हेरिएको छ । चन्दले मेयरका लागि उम्मेदवारी दिइसकेपछि नागरिकसँग भोट माग्दा विभिन्न प्रतिबद्धता जनाएका थिए । उनले शिक्षा स्वास्थ्य, यातायातलगायत नगरका युवालाई पाटनमै रोजगारको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका छन । कांग्रेस ६ र एमालेले तीन स्थान जितेका छन् । अरुतिरको नतिजा आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय