ओली र सिटौलालाइ झापामै चुनौती



हाम्रो इकोनोमि

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा आएको मत परिणामले सबैलाई आश्चर्य बनाएको छ ।
सिटौलाको क्षेत्रमा एमाले र ओलीको क्षेत्रमा राप्रपासँगै प्रतिस्पर्धा भएपछि जिल्लावासीलाई आश्चर्य बनाएको हो ।

सिटौलाकै पकड क्षेत्र मानिएको भद्रपुरमा एमालेले भारी मतले अग्रता लिएको छ । हालसम्म सात हजार ३०० मत गणना हुँदा प्रमुख पदमा काँग्रेसको एक हजार ५९९ र एमालेको दुई हजार ४०४ मत आएको छ ।

नगरको वडा नं. १ मा त एमालेले विजयी हात पारिसकेको छ भने बाँकी वडामा पनि एमालले नै बाजी मार्ने मतगणनाको नजिताले देखाइरहेको छ ।

त्यसैगरी एमालेका अध्यक्ष केपी शर्माको गृहनगर दमकमा भने एमाले राप्रपासँग पछि परेको छ । हालसम्मको परिणाममा एमालेको ११६ र राप्रपाको ५१२ मत रहेको छ । अध्यक्ष ओलीकै नगर दमकमा पनि एमालेले अपेक्षित अग्रता लिन नसकेको प्रष्ट देखिन्छ । एमाले राप्रपासँग चार मतले मात्र अगाडि देखिन्छ ।

त्यसैगरी, काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र एमालेका रविन कोइराला रहेको मेचीनगरमा पनि दुवै पार्टीबीच उस्तै प्रतिस्पर्धा देखिन्छ ।

नेकपा एमालेको विरासत मानिएको नगरमा पनि कांग्रेसले यसपटक आच्छु आच्छु बनाइरहेको देखिन्छ । आज बिहानसम्म झिनो मतले अग्रता लिएको काँग्रेसलाई ९ बजेपछि आएको परिणामले एमालेको अग्रता देखाएको छ ।
झापामा राप्रपा पनि अगाडि छ । उसले दुईवटा वडामा अध्यक्ष र दुईवटा गाउँपालिकामा अग्रता कायम गर्दै लगेको छ ।
झापामा नेकपा माओवादी केन्द्रले भने अझै पनि कुनै पनि नगरपालिका र गाउँपालिकामा अग्रता लिन सकेका छैन ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...