२४ घण्टादेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा यात्रु अलपत्र



हाम्रो इकोनोमि

चितवन । २४ घण्टादेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने कालिखोलामा शुक्रबार बिहान ८ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सन्चालनमा आएको छैन ।

शुक्रबार बिहान ८ बजे खसेको पहिरो हटाउन नपाउँदै पुनः मध्याह्न सवा १२ वजे ठूलो पहिरो खसेपछि बाटो खुलाउन समस्या भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले अवरुद्ध सडक खुलाउन ५ वटा एक्जाभेटर र लोडर प्रयोग गरिएको जानकारी दिए ।

सडक अवरुद्ध भएपछि काठमाडौंतर्फ जाने र काठमाडौंबाट चितवन तर्फ आउन लागेका करिब ४ हजार सवारी साधन र तिनका यात्रुहरु सडकमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...