डोटीको पूर्वीचौकी गाउँपालिका र लेटाङ नगरपालिका– ९ मा एमाले विजयी



हाम्रो इकोनोमि

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार दीर्घ बोगटीले नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद उपाध्यायलाई झिनो मतले हराउनु भएको हो ।

बोगटीले तीन हजार ६१५ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार उपाध्यायले तीन हजार ५६८ मत ल्याउनुभएको थियो ।

उपाध्यक्षमा पनि एमालेकै निर्मला साउद विजयी हुनुभएको छ । साउद तीन हजार ५८७ मतका साथ विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी काँग्रेसकी माया कुँवरले तीन हजार ५२८ मत ल्याउनुभयो ।

सात वडामध्ये नेपाली काँग्रेसले चारवटा वडा जितेको छ । एमालेले तीनवटा वडामा जित निकालेको छ । १, २, ३ र ७ नम्बर वडामा काँग्रेस विजयी भएको छ । ४, ५ र ६ मा भने एमाले जितेको छ ।

लेटाङ नगरपालिका– ९ मा एमाले विजयी

मोरङको लेटाङ नगरपालिका – ९ मा नेकपा एमालेका वडा अध्यक्षसहित पूरै समूह विजयी भएको छ ।

अध्यक्षमा कृष्णप्रसाद लुइँटेल ८५२ मतप्राप्त गरी विजयी भएको निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ ।

सोही वडाको महिला सदस्यमा कमला राई ८२६ मत, दलित महिलामा हरिमाया विश्वकर्मा ८३९ मत तथा खुल्ला सदस्यमा खेमराज ढकाल ८४४ मत र गोपालबहादुर मगर ८३१ मत प्राप्त गरी विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...