माथागढी गापामा काँग्रेसको समूह विजयी



हाम्रो इकोनोमि

रामपुर (पाल्पा) । पाल्पाको माथागढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

अध्यक्षमा सन्तोषकुमार थापाले छ हजार ९६ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का विमल काफ्लेले चार हजार २१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्षमा काँग्रेसकै निर्मला भट्टराईले पाँच हजार ६२४ मत प्राप्त गरी विजयी भएकी हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी मायाँ चिदीले चार हजार १०१ मत प्राप्त गर्नुभयो ।

यसैगरी सो गाउँपालिकाको आठ वटै वडामा काँग्रेस समूह नै विजयी भएका छन् । यसरी विजयी हुनुभएका वडाध्यक्षमा क्रमशः वडा नं १ मा शिवप्रसाद शर्मा, २ मा जनक रिजेल, ३ मा दीपक थापा, ४ मा मधु पराजुली, ५ मा बेलबहादुर ढेँगा मगर, ६ मा रनबहादुर खाम्चा ७ मा जङ्गबहादुर थापा र वडा नं ८ मा डिलबहादुर ढेगा मगर रहेका छन् ।

रामपुर नगरपालिका–३ मा एमाले र ८ मा काँग्रेस विजयी

यसैगरी रामपुर नगरपालिका –३ को वडाध्यक्षमा एमालेका दिनेशकुमार खनालले एक हजार ९४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमानाथ अर्यालले ७७१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै सोहि नगरपालिका –८ को वडाध्यक्षमा काँग्रेसका बोमबहादुर नामजालीले ९०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनेशकुमार आचार्यले ८५८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...