दिदीको हलक्क ज्यान बढ्यो रे, सुने पछि भाइले दिए साथ



हाम्रो इकोनोमि

जबर्जस्त होइन गलाले भरपुर साथ दिएको छ,उनलाई। जादुमयी कोइली स्वर छ,गायन कलामा उत्तिकै मिठास छ। गाना र बजाना बाहेक अरु तिर ध्यानै छैन,निरन्तर गायन कर्ममा लागेर चर्चाको शिखरमा पुग्न बामे सर्दै गरेकी उनी अर्थात् सुशिला पाठक आफ्ना स्वरहरुलाई थप फराकिलो पार्न गीतको म्युजिक भिडियो निर्माणमा लागेकी छिन ।

सुन्दर स्वरले सजिएका गीतलाई भिडियो मार्फत अझ सशक्त बनाउन लागिपरेकी उनले हलक्क ज्यान बढ्यो रे नामक गीतको म्युजिक भिडियोको छायांकन सकेकी छिन । गीतमा अभिव्यक्त भावलाई सर्लक्क उतार्ने तवरले भिडियो निर्माण भएको छ।

बिष्णु गुरुङको शब्द तथा संगीतकार शिला बहादुर मोक्तानको संगीत रहेको गीतमा बेजोड स्वर दिएकि उनको भिडियोमा तिख्खर अभिनय समेत देख्न पाइन्छ। पछिल्लो पुस्ताकी आशा लाग्दी गायिका पाठक छोटो समयमा चर्चित हुने चारमा पुगिसकेकी छिन। मोडल भुपेन पाठक तथा नायिका रिमा बिस्वकर्माको जोडदार अभिनय रहेको उक्त म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका छन भने छायाँकारमा हरि हुमागाई रहेका छन। मोडेल भुपेन सुशिलाका सहोदर भाई हुन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...