तिन नयाँ क्लियरिङ बैंकले आइतबारबाट काम गर्ने



हाम्रो इकोनोमि

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले थप ३ वटा क्लियरिङ बैंक सञ्चालन गर्ने अनुमति दिएपछि यिनीहरुले आइतबारबाट काम थाल्ने भएका हुन् । थपिएका नयाँ क्लियरिङ बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र सिद्धार्थ बैंक छन् ।

यीमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकलाई मुख्य बैंकको (लिड बैंक) रुपमा छनोट गरिएको छ । तोकिएको मापदण्डको आधारमा यो बैंक प्रथम श्रेणीमा परेकाले यसलाई नै लिड बैंकको रुपमा छनौट गरिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी देवप्रकाश गुप्ताले जानकारी दिए । यो बैंकले असार १८ गतेदेखि हुने राफसाफ तथा फछ्र्योट मल्टिपल क्लियरिङ बैंकमार्फत नेट सेटलमेन्ट प्रणालीमार्फत काम गर्नेछ ।

सुरुमा सानिमा, बैंक अफ काठमान्डू, नविल, सिटिजन्स, प्रभु, एनआइसी एसिया, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, सनराइज, एभरेष्ट र एनबी बैंकले क्लियरिङ बैंक सञ्चालनका लागि आशयपत्र पेस गरेपनि अन्तिम चरणमा यी ३ वटा बैंकमात्र छनोट भएका थिए । इन्भेष्टमेन्ट, प्रभु र सिद्धार्थले अनुमति पाएसँगै अब क्लियरिङ बैंकको संख्या ४ पुगेको छ ।

यसअघि ग्लोबल आइएमई बैंकबाट मात्र सेयर कारोबारको राफसाफ गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । अब ब्रोकरले आफूले इच्छाएको बैंकबाट राफसाफ सम्बन्धी काम गर्न पाउनेछन् । क्लियरिङ बैंक थपिएपछि लगानीकर्तालाई पनि फाइदा हुनेछ । चेक राफसाफलगायतका काम गर्न एउटै बैंकमा निर्भर रहनु पर्दैन । प्रतिस्पर्धा हुने भएपछि काम पनि छिटोछरितो हुने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...

प्रभु बैंकका दुई शाखा समायोजन हुँदै

     प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई...