तिन नयाँ क्लियरिङ बैंकले आइतबारबाट काम गर्ने



हाम्रो इकोनोमि

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले थप ३ वटा क्लियरिङ बैंक सञ्चालन गर्ने अनुमति दिएपछि यिनीहरुले आइतबारबाट काम थाल्ने भएका हुन् । थपिएका नयाँ क्लियरिङ बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र सिद्धार्थ बैंक छन् ।

यीमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकलाई मुख्य बैंकको (लिड बैंक) रुपमा छनोट गरिएको छ । तोकिएको मापदण्डको आधारमा यो बैंक प्रथम श्रेणीमा परेकाले यसलाई नै लिड बैंकको रुपमा छनौट गरिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी देवप्रकाश गुप्ताले जानकारी दिए । यो बैंकले असार १८ गतेदेखि हुने राफसाफ तथा फछ्र्योट मल्टिपल क्लियरिङ बैंकमार्फत नेट सेटलमेन्ट प्रणालीमार्फत काम गर्नेछ ।

सुरुमा सानिमा, बैंक अफ काठमान्डू, नविल, सिटिजन्स, प्रभु, एनआइसी एसिया, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, सनराइज, एभरेष्ट र एनबी बैंकले क्लियरिङ बैंक सञ्चालनका लागि आशयपत्र पेस गरेपनि अन्तिम चरणमा यी ३ वटा बैंकमात्र छनोट भएका थिए । इन्भेष्टमेन्ट, प्रभु र सिद्धार्थले अनुमति पाएसँगै अब क्लियरिङ बैंकको संख्या ४ पुगेको छ ।

यसअघि ग्लोबल आइएमई बैंकबाट मात्र सेयर कारोबारको राफसाफ गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । अब ब्रोकरले आफूले इच्छाएको बैंकबाट राफसाफ सम्बन्धी काम गर्न पाउनेछन् । क्लियरिङ बैंक थपिएपछि लगानीकर्तालाई पनि फाइदा हुनेछ । चेक राफसाफलगायतका काम गर्न एउटै बैंकमा निर्भर रहनु पर्दैन । प्रतिस्पर्धा हुने भएपछि काम पनि छिटोछरितो हुने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

निजी क्षेत्रमाथि आक्रमण ठिक होइन : अर्थमन्त्री

    अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि आक्रमण ठिक नभएको बताएका छन् ।...

भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...