द्वन्द्वपीडितका लागि बीस करोड ४० लाख राहत



हाम्रो इकोनोमि

सुर्खेत । यहाँका द्वन्द्वपीडितका लागि रु २० करोड ४० लाख ६४ हजार राहत वितरण गरिने भएको छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयले द्वन्द्वपीडितलाई पुनःस्थापना गर्ने लक्ष्यअनुसार दोस्रोचरणका लागि उक्त रकम वितरण गर्न लागेको हो । दशवर्षे जनयुद्धमा मृत्यु भएका, बेपत्ता पारिएका, अपहरण गरिएका, विस्थापित परिवारका हकदारका लागि राहत रकम वितरण गरिने स्थानीय शान्ति समितिले जनाएको छ ।

मृत्यु र बेपत्ता पारिएका पीडितमध्ये लगत सङ्कलन समितिको छनोटमा परेका ३३६ परिवारका लागि रु १४ करोड ८३ लाख ५० हजार राहत वितरण गरिनेछ । सरकारले मृत्यु र बेपत्ता परिवारका लागि रु १० लाख राहत पु¥याउने लक्ष्यअनुसार पहिलोचरणमा २८८ जनालाई राहत वितरण गरिएको थियो ।

यसैगरी विस्थापित परिवारका लागि रु चार करोड १० लाख वितरण गरिने छ । उक्त रकम पाँच सय पाँच विस्थापित परिवारले पाउने छन् । अपहरण पारिएका परिवारका लागि रु ३ लाख आएकोमा यस पटक १२ जनालाई वितरण गरिने भएको छ ।

स्थानीय शान्ति समितिका संयोजक मोहन थापाले अपहरणमा परेका परिवारका हकमा २५ हजार नबढ्ने गरी राहत वितरण गर्न मन्त्रालयबाट निर्देशन आएको जानकारी दिनुभयो । शान्ति समितिको तथ्याङ्कअनुसार जिल्लामा ८५२ जना अपहरणमा परेका द्वन्द्वपीडित छन् ।
द्वन्द्वका समयमा घाइते र अपाङ्ग भएका व्यक्तिका लागि जीवन निर्वाहमा मद्दत पुगोस् भन्ने उद्देश्यले ५१ प्रतिशत अपाङ्ग र घाइते परिवारलाई मासिक रुपमा रु ६ हजार २०० वितरण गरिँदै आएको संयोजक थापाले बताउनुभयो ।

जसका लागि रु १३ लाख ४९ हजार यस पटक वितरण गरिनेछ । उक्त रकम १६ जनाका लागि वितरण गरिँदै आएको उहाँले बताउनुभयो । संयोजक थापाकाअनुसार द्वन्द्वपीडितका लागि आएको राहत रकम असार मसान्तमा वितरण नभएमा फ्रिज हुनेछ । लगत समितिको छनोटमा परेका एक सय २३ जना द्वन्द्वपीडितले पहिलोचरणको राहत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...