पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु



हाम्रो इकोनोमि

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ आम्दिममा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

पहिरोबाट अन्य तीन जना घाइते भएका छन् । घरमाथिबाट खेतमा सिंचाईका लागि लगेको कुलो भत्किएर पहिरो जाँदा घर पुरिएको थियो ।

घरमा रहेका ५० वर्षीया कुमारी सोदेम्बा, उनकी १२ वर्षीया नातिनी प्रिती सोदेम्बा र ९ वर्षीय नाति प्रेम सोदेम्बाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले ३६ वर्षीय सोमकुमार सोदेम्बा, २० वर्षीय लोकप्रसाद सोदेम्बा र १५ वर्षीय प्रिया सोदेम्बा घाइते छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम पुर्‍याइएको छ ।

राति २ बजे घरमाथिबाट पहिरो खसेको थियो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...