रेसुंगा नगरपालिका मेयरमा एमालेका डिल्लीराज भुसाल विजयी



हाम्रो इकोनोमि

गुल्मी । रेसुंगा नगरपालिकामा नेकपा एमालेका डिल्लीराज भुसाल मेयरमा विजयी भएका छन् । । उनी १४७ मत अन्तरले जिय भएका हुन ।  भुसालले छ हजार तीन सय ८८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका मेयर पदका उमेदवार भुवनप्रसाद श्रेष्ठले छ हजार दुई सय ४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

उपमेयरमा नेकपा एमालेकै सिता भण्डारी विजयी भएकी छन् । भण्डारी मात्रै सात मतको मतान्तरले विजयी बनेकी हुन् । भण्डारीले भण्डारीले छ हजार दुई सय २८ मत पाइन् भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अमृतादेवी कुँबरले ६ हजार २ सय २१ मत ल्याईन ।
मेयरमा विजय बनेका भुसालले राज्यबाट प्राप्त सरकारी सुविधा नलिने घोषणा गरेका छन् । त्यस्तै रेसुगां क्षेत्रको विकास, रेसुंगा विमान स्थललाई समयमै सम्पन्न गर्ने, अर्जुनडाँडालाई पर्यटकीय स्थल बनाउने, उनायचौरमा चिडियाघर बनाउने, जनतालाई निःशुल्क खानेपापानी वितरण गर्ने योजना सुनाउँदै आएका छन् । बृद्धा भत्ता बढाएर घरमै पु¥याउने, भूमिहीनलाई लालपूर्जा दिने, घरघरमा सडक सञ्जाल पुराएर कालोपत्रे गर्ने पनि उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...