रेसुंगा नगरपालिका मेयरमा एमालेका डिल्लीराज भुसाल विजयी



हाम्रो इकोनोमि

गुल्मी । रेसुंगा नगरपालिकामा नेकपा एमालेका डिल्लीराज भुसाल मेयरमा विजयी भएका छन् । । उनी १४७ मत अन्तरले जिय भएका हुन ।  भुसालले छ हजार तीन सय ८८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका मेयर पदका उमेदवार भुवनप्रसाद श्रेष्ठले छ हजार दुई सय ४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

उपमेयरमा नेकपा एमालेकै सिता भण्डारी विजयी भएकी छन् । भण्डारी मात्रै सात मतको मतान्तरले विजयी बनेकी हुन् । भण्डारीले भण्डारीले छ हजार दुई सय २८ मत पाइन् भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अमृतादेवी कुँबरले ६ हजार २ सय २१ मत ल्याईन ।
मेयरमा विजय बनेका भुसालले राज्यबाट प्राप्त सरकारी सुविधा नलिने घोषणा गरेका छन् । त्यस्तै रेसुगां क्षेत्रको विकास, रेसुंगा विमान स्थललाई समयमै सम्पन्न गर्ने, अर्जुनडाँडालाई पर्यटकीय स्थल बनाउने, उनायचौरमा चिडियाघर बनाउने, जनतालाई निःशुल्क खानेपापानी वितरण गर्ने योजना सुनाउँदै आएका छन् । बृद्धा भत्ता बढाएर घरमै पु¥याउने, भूमिहीनलाई लालपूर्जा दिने, घरघरमा सडक सञ्जाल पुराएर कालोपत्रे गर्ने पनि उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...