शर्मालाई थप ६ दिन हिरासतमा राख्न म्याद थप



हाम्रो इकोनोमि

काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि ६ दिनको म्याद थपेको छ । अख्तियारले दोस्रोपटक म्याद थपका लागि शुक्रबार विशेष अदालतमा पेस गरेको थियो । नयाँ पत्रिकाले समाचार छापेको छ ।

अनुसन्धानको प्रकृति, गम्भीरता र जटिलतालाई हेरेर शर्मामाथि थप अनुसन्धान गर्न म्याद थप गरिएको विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए । अख्तियारले शर्मामाथि अनुसन्धान गर्न एक महिनाको समय माग गर्दै अदालतमा निवेदन दिएको थियो । न्यायाधीश भूपेन्द्र राई, नरेन्द्र सिवाकोटी र महेश पुडासैनीको इजलासबाट ६ दिनका लागि म्याद थप दिइएको रजिस्ट्रार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कर फर्स्यौट आयोगमार्फत ब्याज मिनाहाका विषयमा थप बुझ्नका लागि म्याद थप गरिएको हो । रजिस्ट्रार श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐनमै अनुसन्धानको प्रकृति र जटिलतालाई ध्यान दिएर ६ महिनासम्म थुनामै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरिएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...