दोस्रो विहे गरेर गल्ती गरे : भुवन केसी



हाम्रो इकोनोमि

काठमाण्डौँ । कुनै जमाना थियो, नेपाली चलचित्रमा भुवन केसीको एकछत्र राज थियो । उनको स्टारडम बिक्थ्यो । आज भुवन हिजोको ब्याजमै चलिरहेका छन् । चलचित्रको नयाँ ट्रेन्डमा उनको अभिनय शून्यप्रायः छ । बरु उनी फिल्म बनाउने, निर्देशन गर्ने र छोरा अनमोलको स्टारडम चम्काउन सक्रिय देखिन्छन् ।

जे होस्, चर्चामै छन् भुवन, हिजोको भूमिकाका कारण । उनका कतिपय कदम निकै विवादास्पद रहे, विशेषगरी श्रीमती र गर्लफ्रेन्ड फेरबदलका कदम ।

हिजोको दिन सम्झँदै भुवन भन्छन्–‘जीवनमा मैले गरेको सबैभन्दा ठूलो गल्ती भनेको दोस्रो बिहे हो ।’ यसले मेरो करिअरमै ठूलो धक्का लाग्यो । दोस्रो बिहे नगरेको भए मलाई औँला देखाउने मानिस सायदै हुन्थे होला । अभिनयबाट बटुलेको सफलता र चर्चालाई दोस्रो बिहेले नकारात्मक पाटोमा लगेर ठेलिदियो । तर, यो नचाहँदानचाहँदै भएको एउटा संयोग मात्र थियो ।

कोही मानिसले एकजनासँग मात्रै जीवन बिताउनुपर्छ भन्ने कुरामा म सहमत छैन । एकजनासँग मात्र जीवन बिते त सुनमा सुगन्ध हो । तर, त्यसो नभएको खण्डमा डिभोर्स गरेर अर्कैसँग बिहे गर्ने अधिकार हरेक मानिसलाई छ । तर, पपुलर भएकालाई चाहिँ यो कुराले निकै अप्ठ्यारो पार्दो रहेछ । ठूलै अपराध गरेजस्तो बनाइँदो रहेछ । जीवनमा सँगै बस्न नसक्ने अवस्था आएर अर्को बिहे हुने हो । मेरो सफलतामा जलेकालाई दोस्रो बिहेले औँला उठाउने मौका दिएको कुरा म स्विकार्छु ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...