दोस्रो विहे गरेर गल्ती गरे : भुवन केसी



हाम्रो इकोनोमि

काठमाण्डौँ । कुनै जमाना थियो, नेपाली चलचित्रमा भुवन केसीको एकछत्र राज थियो । उनको स्टारडम बिक्थ्यो । आज भुवन हिजोको ब्याजमै चलिरहेका छन् । चलचित्रको नयाँ ट्रेन्डमा उनको अभिनय शून्यप्रायः छ । बरु उनी फिल्म बनाउने, निर्देशन गर्ने र छोरा अनमोलको स्टारडम चम्काउन सक्रिय देखिन्छन् ।

जे होस्, चर्चामै छन् भुवन, हिजोको भूमिकाका कारण । उनका कतिपय कदम निकै विवादास्पद रहे, विशेषगरी श्रीमती र गर्लफ्रेन्ड फेरबदलका कदम ।

हिजोको दिन सम्झँदै भुवन भन्छन्–‘जीवनमा मैले गरेको सबैभन्दा ठूलो गल्ती भनेको दोस्रो बिहे हो ।’ यसले मेरो करिअरमै ठूलो धक्का लाग्यो । दोस्रो बिहे नगरेको भए मलाई औँला देखाउने मानिस सायदै हुन्थे होला । अभिनयबाट बटुलेको सफलता र चर्चालाई दोस्रो बिहेले नकारात्मक पाटोमा लगेर ठेलिदियो । तर, यो नचाहँदानचाहँदै भएको एउटा संयोग मात्र थियो ।

कोही मानिसले एकजनासँग मात्रै जीवन बिताउनुपर्छ भन्ने कुरामा म सहमत छैन । एकजनासँग मात्र जीवन बिते त सुनमा सुगन्ध हो । तर, त्यसो नभएको खण्डमा डिभोर्स गरेर अर्कैसँग बिहे गर्ने अधिकार हरेक मानिसलाई छ । तर, पपुलर भएकालाई चाहिँ यो कुराले निकै अप्ठ्यारो पार्दो रहेछ । ठूलै अपराध गरेजस्तो बनाइँदो रहेछ । जीवनमा सँगै बस्न नसक्ने अवस्था आएर अर्को बिहे हुने हो । मेरो सफलतामा जलेकालाई दोस्रो बिहेले औँला उठाउने मौका दिएको कुरा म स्विकार्छु ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...