मधेसको सच्चा पार्टी एमालेः उपमहासचिव पौडेल



हाम्रो इकोनोमि

भैरहवा । एमालेका उपमहासचिव विष्णु पौडेलले तराई मधेसको विकास गर्ने सच्चा पार्टी एमाले भएको बताउनुभएको छ । एमालेलाई मधेस विरोधी भनेर जति प्रचार गरे पनि दोस्रो चरणको निर्वाचनमा मधेसमा पहिलो शक्ति बनेर मधेसी समुदायको सच्चा पार्टी प्रमाणित गरिने उहाँ बताउनुभएको हो ।

एमाले सिद्धार्थनगर निर्वाचन परिचालन कमिटीले भैरहवामा बिहीबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका उहाँले भन्नुभयो ‘हामी मधेसी जनताको विरोधी होइनौं । एमाले सरकारको पालामा जति तराई मधेसमा बजेट अहिलेसम्म कुनै सरकारले ल्याएको छैन । कसैले आरोप लगाउँदैमा एमालेलाई मधेस विरोधी भन्नु गलत हुन्छ ।’

रुपन्देहीका केही ठाउँहरुमा विगतमा जित हासिल गर्न नसके पनि अबको निर्वाचनमा एमालेको विकास निर्माण नीति, सिद्धान्त र राष्ट्रप्रेमलाई हेरी जनताले अब जिताउने बताए । सिद्धार्थनगरमा एमाले बलियो शक्ति भएकोले स्थानीय निर्वाचनमा विजयी हुने नेता पौडेलको दावी गर्नुभयो ।

अर्का उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरमा एमाले अन्य पार्टीसँग तालमेल गरेर निर्वाचन लड्ने भनेर भ्रमक हल्ला फैलाइएको जनाउदै एमाले एक्लै निर्वाचन जित्ने दावी गर्नुभयो । ‘एमाले मधेसी, पहाडी, मुस्लिम, अल्पसंख्यक, पिछडा सबै जातजाति, धर्म–संस्कृतिको संरक्षण गर्ने पार्टी हो’ भुसालले भन्नुभयो। सिद्धार्थनगरको प्रमुखमा एमालेबाट हरिप्रसाद अधिकारी र उपप्रमुखमा उमा काफ्लेले उम्मेदवारी दिनेछन् ।

नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...