कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित, को हुन् त देउवा ?(बायोग्राफी)



संसदमा कायम ५९३ सदस्य संख्याको बहुमत जुटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा बस्ने दुर्लभ अवसर पाएका छन्। उनको पक्षमा३८८ मत पर्यो भने बिपक्षमा १७० मत पर्यो।

को हुन् प्रधानमन्त्री ?
व्यबस्थापिका संसदमा रहेका सदस्य संख्याको अत्यधिक बहुमतले देशको ४०औं प्रधानमन्त्री निर्वाचित देउवा करिव १२ बर्ष पछि फेरी प्रधानमन्त्री बन्न सफल भएका हुन्। संसदको सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता देउवा यसअघि विसं. २०५२, २०५९ र २०६१ गरी ३ पटक प्रधानमन्त्री बनेका थिए भने विसं. २०४८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए।

डडेल्धुरा जिल्लाको रुवाखोला (हाल गन्यापधुरा गाउँपालिका)मा विसं. विसं २००३ जेठ ३१ गते प्रधानमन्त्री देउवाको जन्म भएको थियो। पिता प्रसादसिंह र माता द्रौपतीदेवीका जेठा छोरा प्रधानमन्त्री देउवाको एक छोरा छन् भने धर्मपत्नीडा आरजु राणा देउवा व्यवस्थापिका–संसद्को सदस्य छिन्। उनी समाजिक क्षेत्रमा पनि उत्तिकै प्रसिद्ध छिन्।

सानै उमेरदेखि नै राजनीतिमा उत्तिकै चासो राख्ने देउवा विसं २०१७ पुस १ गते जननिर्वाचित सरकारलाई अपदस्थ गरेर पञ्चायति व्यबस्था सुरु भएपछि कांग्रेसको सक्रिय राजनीतिमा लागे। नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको राजनीतिक प्रेरणाबाट नै उनले राजनीति सुरु गरेका हुन्।

उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएपछि देउवाको राजनीतिक सक्रियता ह्वात्तै बढ्यो। त्रि–चन्द्र क्याम्पसबाट विद्यार्थी राजनीतिमा लागेका देउवा नेपाल विद्यार्थी संघको संस्थापक सदस्यमध्ये एक हुन् भने विसं. २०२८ साल असोज १ गते देखि विसं. २०३६ सालसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष रहे।

त्रिभुवन विश्वविद्यालयबाट उनले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक गरेका छन् भने उनी लन्डन स्कुल अफ इकोनोमिक्सका रिसर्च फेलो हुन्।

नवनिर्वाचित प्रधानमन्त्री देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्ला क्षेत्र नं १ बाट फराकिलो मतान्तरले विजयी भएका थिए भने विसं २०६४ मा भएको पहिलो संविधान सभा निर्वानमा डडेल्धुरा र कञ्चनपुरको क्षेत्र नं. ४ बाट विजयी भएका थिए। विसं. २०७० मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा डडेलधुरा र कैलाली क्षेत्र नं. ६ बाट अत्यधिक मतले उनी विजयी भएका थिए ।

विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उनी पहिलोपटक काँग्रेस संसदीय दलको नेता निर्वाचित भएका थिए। विसं २०५१ मा नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित पहिलो कम्युनिस्ट सरकार विसं २०५२ मा ढलेपछि देउवा पहिलोपटक नेपालको प्रधानमन्त्री बने।

विसं २०५८ मा दोस्रोपटक प्रधानमन्त्री बनेका देउवा विसं. २०६१ सालमा फेरी प्रधानमन्त्री बनेका थिए। विसं.२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले कु गरेपछि देउवा करिव दश महिना नजरबन्दमा परे।

राज्यसंगको पहुँचबाट टाढा रहेको र सीमान्तकृत भनेर चिनिने कर्णाली, दलित, महिला, जनजाति र मधेशी (कमदजम)लाई राजनीतिको मूल प्रवाहमा ल्याउनुपर्छ भन्ने मान्यता राख्ने देउवाले पहिलो पटक नेपालमा कदमजमको अवधारणा अगाडी ल्याए।

जसको फलस्वरुप उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी जनजाति प्रष्ठिानको स्थापना गरे। यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउन कानुन निर्माण गरे। उनकै पालामा मुक्तकमैया घोषणा समेत भएको थियो।
संसदीय दलको नेता र प्रधानमन्त्री रहेकै बेला तत्कालीन पार्टी नेतृत्वको कोपभाजन परेपछि देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिकको स्थापना गरे र आफु त्यसको सभापति बने। विसं. २०६३ सालमा फेरी नेपाली कांग्रेस एक भयो। देउवा बरिष्ठ नेता बने भने गिरीजाप्रसाद कोइराला पार्टी सभापति।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा ५० बर्ष भन्दा बढी समय निरन्तर सक्रिय देउवा १३ औं महाधिवेशनबाट अत्यधिक मतले कांग्रेसको पार्टी सभापतिमा निर्वाचित भए। पार्टी सभापति निर्वाचित भएको केही समयमै देउवा संसदीय दलको नेता पनि निर्वाचित भएका थिए।

नवनिर्वाचित प्रधानमन्त्री देउवाले देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीट्जरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत दर्जनौं मुलुकको भ्रमण गरेका छन।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम