खाडीमा नेपालीको रोजगार गुम्ने खतरा



हाम्रो इकोनोमि

काठमाडौँ । करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् ।

मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । अरबी क्षेत्रमा अस्थिरता ल्याएको र इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरू कतारसँग क्रूद्ध बनेका हुन् ।

सातवटै देशले कतारलाई उपलब्ध गराउँदै आएको हवाई मार्ग (एयर स्पेस) पनि बन्द भएको घोषणा गरेका छन् । प्रमुख तेल उत्पादक मुलुकसँग अन्य देशले सबैखाले सम्बन्ध तोडेका हुन् ।

युएईले आफ्ना देशमा रहेका कतारी कूटनीतिज्ञलाई ४८ घन्टाभित्र देश छाड्न निर्देशन दिएको छ । आफ्ना देशमा भएका कतारी नागरिकलाई स्वदेश फर्कन र कतारमा रहेकालाई आफ्नो देशमा आउन पनि ती देशले आह्वान गरेका छन् ।
अमेरिकी गठबन्धनसँग नजिक रहेका यी राष्ट्रले कतारलाई एक्ल्याएका हुन् । कूटनीतिक सम्बन्ध अन्त्यको अनपेक्षित घोषणासँगै मध्यपूर्वका शक्तिशाली अरबी राष्ट्रहरू एक–आपसमा विभाजित भएका छन् । विभाजनसँगै खाडी मुलुक र इरानबीच कायम तनाव अझ बढ्न सक्ने विश्लेषण गरिएको छ ।

९ वर्षमा पौने १० लाख नेपाली पुगे कतारवैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ०६२(६३ पछि गत आर्थिक वर्ष ०७२–०७३ सम्म कामका लागि नेपालबाट नौ लाख ७१ हजार नेपाली कतार गएको उल्लेख छ । तीमध्ये गत वर्ष मात्रै एक लाख २९ हजार नेपाली कतार पुगेको विभागको तथ्यांकमा उल्लेख छ । अहिले पाँच लाख नेपाली त्यहाँ रहेको सरकारी अधिकारीको अनुमान छ ।

कतारमा समस्या हुँदा नेपालको श्रमबजार सबैभन्दा धेरै प्रभावित हुनेछ । कतारमा काम गरिरहेका नेपालीहरू समस्यामा पर्ने सम्भावना छ । कतारको अर्थतन्त्र कमजोर हुँदै जाँदा उनीहरूले रोजगारी गुमाउने र नेपाल फर्कने सम्भावना छ । कतारमा लगानी गरेका विदेशीको कम्पनी वा अन्य देशमा गई लगानी गरेका कतारी कम्पनीको भविष्य अन्योलमा परेपछि निश्चय नै नेपालीहरू प्रभावित हुनेछन् । नेपालबाट कतार जाने तयारीमा रहेका र बिदामा नेपाल फर्किएका कामदार पनि मनोवैज्ञानिक त्रासमा हुनेछन् ।

नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

    प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने...

आजदेखि निर्वाचनकेन्द्रित सेना परिचालन

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सेना परिचालन सुरु गरेको छ ।...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

     प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् ।...

नेकपासँग तत्काल तालमेल हुँदैन : पीएस गुरुङ

    नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तत्कालै नेकपासँग चुनावी तालमेलको सम्भावना नरहेको...