को को तानिदैछन् अकुत सम्पतिमा



हाम्रो इकोनोमि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा दीप बस्न्यात नियुत्त भएपछि लोकमानले भन्ने गरेका ठुला माछा अख्तियारको जालोमा पर्न थालेको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियारले पक्रउ गरेपछि अकुत सम्पत्तिमा अख्तियारले छानविन गरिरहेका विशिष्ट श्रेणीका कर्मचारीहरु आत्तिन थालेका छन । अख्तियार स्रोतका अनुसार शर्मा पछि नेपाल सरकारका सचिव अर्जुनकुमार कार्की, आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खडका, उपत्यका विकास प्राधिकरणका आयुत्त भाइकाजी तिवारी, शान्ति मन्त्रलयका सचिव गजेन ठाकुर, ऊर्जा मन्त्रालयका सचिव अनुप उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृहमन्त्रालयका चन्द्रमान श्रेष्ठ, राष्टबैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठमाथि अकुत सम्पत्ति आर्जनमा छानबिन गर्ने जनाएको छ । उनीहरुलाई अख्तियारले १३ पाने फारम भराइसकेको छ । लोकमासिंह कार्कीले अकुत सम्पत्ति आर्जनमा उन्मुत्ति दिएका चुडामणि शर्मा, अजुन कार्की, गोपालबहादुरु खडका र भाइकाजी तिवारी छानबिनमा पहिलो सूचीमा परेका परेका मध्य शर्मा पक्राउ परिसकेका छन । उनीपछि अर्नुन कार्की , गोपालबहादुर खडका, भाइकाजी तिवारी आउँछन । दृष्टि साप्ताहिक समाचार लेख्छ ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...