सरकारलाई एनसेलले साढे १३ अर्ब लाभकर तिर्यो



हाम्रो इकोनोमि

काठमाडौं । एनसेलले पूँजीगत लाभकर बापतको साढे १३ अर्ब रुपैयाँभन्दा बढी सरकारलाई भुक्तनी गरेको छ ।

आइतबार ऐनसेलले आन्तरिक राजश्व विभागअन्तरतको ठूला कसरदाता कार्यालयमा १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार रुपैयाँ बराबरको कर दाखिला गरेको हो ।
एनसेलले यसअघि पनि सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पूँजीगत लाभकर सरकारलाई बुझाएको थियो । लामो समदेखि कर तिर्नेरनतिर्ने विषमा बहस भइरहँदा एनसेलले झण्डै थप १३ अर्ब कर दाखिला गरेको हो ।

स्वीडेनको टेलिया कम्पनीले एक्जियटालाई एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा बेचेको थियो ।

खरिद प्रक्रिया टुंग्याए पनि कर तिर्न एनसेल तयार भएको थिएन । तर, विभिन्न स्तरको दबाव तथा एक्जियटाको अग्रसरतामा एनसेलले झण्डै २४ अर्ब बढी पूँजीगत लाभकर तिरेको छ ।

नेपालको कानुनअनुसार २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्छ । यसमध्ये क्रेता कम्पनीले १५ प्रतिशत र बिक्री हुने कम्पनीले १५ प्रतिशत लाभकर दाखिला गर्नुपर्छ । अब एनसेल सञ्चालक एक्जिएटाले आफ्नो सबै दायित्व भुक्तानी गरेको छ ।

अब एनसेल बेच्ने टेलिया कम्पनीले सरकारलाई १० प्रतिशत कर तिर्नुपर्नेछ । तर, टेलियाले त्यस्तो कर नतिर्ने बताउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...