हेटौंडामा हुने नवौं डी सिने अवार्डका लागि मनोनयनमा परेको उत्कृष्ठ पाँचको सार्वजनिक



हाम्रो इकोनोमि

राजन दाहाल
हेटौंडा– असार २२ मा हेटौंडामा हुने नवौं डी सिने अवार्डका लागि मनोनयनमा परेको उत्कृष्ठ पाँचको सार्वजनिक गरिएको छ । छायाँछवी क्रियशनको आयोजनामा हुने अवार्डका लागि सबै बिद्यामा मनोनयनमा परेकाहरुको सनिवार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सार्बजानीक गरेको हो ।
२०७३ सालमा प्रदर्शनमा आएका ८६ मध्ये ५५ चलचित्रलाई २९ विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । मनोयनमा सवैभन्दा बढी २० विधामा चलचित्र छक्का पञ्जा परेको आयोजकले जनाएको छ । १३ वटा विधामा चलचित्र गाजलु , लुट–२ ले ११ , चलचित्र जात्राले दश, चलचित्र पुरानो ढुड्डा नौ, चलचित्र निरभय छ, चलचित्र जंगे, के म तिम्रो होइन र दर्पण छायाँ–२, विरविक्रम र किस्मत–२ पाँच÷पाँच विधाका मनोयनमा परेका छन् । चलचित्र लप्पनछप्पन, द वीनर, लालजोडी र छायाँ चार÷चार विधामा रहेपनि चलचित्र जय पर्शुराम, तीन घुम्ती, झुम्की र ब्रासलेट, म त तिम्रै हुँ तीन÷तीन विधाको मनोयनमा छन् । चलचित्र उमंग, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, नमस्ते नेपाल, मेरो देश र लुकामारी, बाजीगर दुई÷दुई विधामा परेको आयोजकले जानकारी दिएको छ । एक विधाको मनोयन विधातर्फ चलचित्र द फेमस, विजुली मेसिन, डाइड्ड क्याण्डल, ब्रिन्दावन, पलाँस, हाउ फन्नी, राधा, उहिलेको बाजेको पालामा समावेश छन् ।
अवार्डमा सहभागी भएका ५५ चलचित्रमध्ये ३४ वटाले मनोयनको उत्कृष्ट पाँचमा स्थान बनाएका छन् । पत्रकार सम्मेलनमा आयोजक अध्यक्ष शान्तिप्रियले अवार्डले चलचित्र क्षेत्रमा लागेकोहरुलाई हौसला प्रदान गर्ने र नेपाल चलचित्रमा नयाँपन भित्रिनेमा आफू विश्वस्त रहेको बताए ।
पत्रकार सम्मेलनमा अवार्डको निर्णायक मण्डलमा लेखक तथा निर्देशक मोहान निरौलाको संयोजकत्वमा सञ्चारकर्मी एवम् निर्देशक विजयरत्न तुलाधार, डब्बु क्षेत्री, संगीतकार सन्तोष श्रेष्ठ एवम् नेपालकै प्रथम महिला सिनेमाटोग्राफर शवनम मुखिया रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...