भूकम्पपीडितका लागि ‘टोल फ्री नम्बर’



हाम्रो इकोनोमि

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित लाभग्राहीलाई लक्षित गरी टोल फ्री नम्बर प्रयोगमा ल्याएको छ । प्राधिकरणले लाभग्राहीका समस्या तथा गुनासाहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने गरी एनटीसी (नमस्ते) प्रयोगकर्ताले १६६०–०१–७२००० र एनसेल प्रयोगकर्ताले ९८०१५–७२१११ मा फोन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सेवा सञ्चालनमा आएको हो । उक्त सेवा लाभग्राहीहरूले २४सै घण्टा पाउन सक्नेछन् । निजी आवाससम्बन्धी कुनै गुनासो भएमा, पुनर्निर्माणसम्बन्धी कुनै जानकारी चाहिएमा पैसा नलाग्ने टोल फ्री नम्बरमार्फत भूकम्पपीडित लाभग्राहीले प्राधिकरणमा फोन गर्न सक्ने प्राधिकरणले बताएको छ ।

भूकम्पपीडितलाई आवास निर्माण तथा पुनर्निर्माणसम्बन्धी कुनै जानकारी चाहिए तथा गुनासो गर्नुपरे प्राधिकरणको हेल्पलाइनमा फोन गर्न सक्नेछन् । प्राधिकरणले यो सेवा भूकम्पपीडितका लागि निकै उपयोगी हुने बताएको छ । यस्तै, प्राधिकरणले लाभग्राही सूचीमा पर्न नसकेका भूकम्पपीडित परिवारको विवरण सङ्कलन गर्न १३ जना महिला इञ्जिनीयरलाई जिल्लामा पठाएको छ ।

पहिलो चरणमा उनीहरूले नुवाकोट र दोलखाको स्थलगत निरीक्षणमा गएका इञ्जिनीयरले गुनासो सम्बोधन गर्दा पुनः जाँच तथा पुनः सर्वेक्षणमा परेका करीब १ हजार बढी घरको निरीक्षण गरी लाभग्राही सूचीमा नपर्नुका कारण र उनीहरूको वास्तविक अवस्थावारे जानकारी लिने प्राधिकरणले बताएको छ । भूकम्पपछि सङ्कलन गरिएको सूचीमा समावेश नभएका भूकम्पपीडितहरूबारे पुनः सूचना सङ्कलन गरी प्राधिकरणले उनीहरूलाई पनि सरकारले सेवा उपलब्ध गराउनेछ । अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...