काठमाडौंको सीडीओ फेरिए, कारण यस्तो छ



हाम्रो इकोनोमि

काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । काठमाडौं प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले उमेर हदका कारण अवकाश पाएपपछि सो पद १० जेठदेखि रिक्त थियो ।

काठमाडौंको सीडीओमा सरुवा भएका पन्थी गृह मन्त्रालयको प्रवक्ता एवं शान्ति सुरक्षा महाशाखाको प्रमुख थिए ।

पन्थी डोल्पा, बझाङ, पर्वत, सल्यान, पाल्पा, सिराहा, नवलपरासी, रुपन्देही, बारा र काभ्रेको प्रमुख जिल्ला अधिकारी भइसकेका छन् । पन्थी काठमाडौंको सीडीओ भएपछि शान्ति सुरक्षा महाशाखाको प्रमुखमा ललितपुरका सिडिओ दीपक काफ्लेलाई सरुवा गरिएको छ ।

जधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...