तीन महिना भित्र पुँजी कायमगर्न निर्देशन
काठमाडौं । बिमा समितिले जीवन बिमा व्यवसाय सञ्चालनका लागि नयाँ कम्पनीहरूलाई पुँजी कायम गर्न तीन महिनाको समय दिएको छ । समितिर्ले पत्राचार गर्दै तीन महिनाभित्र पुँजी कायम गर्न निर्देशन दिएको हो । नयाँ १२ जीवन बिमा कम्पनीमध्ये १० वटाको स्वीकृतिका लागि समितिले अर्थ मन्त्रालयमा पठाएकोमा मन्त्रालयले १० वटै कम्पनीलाई सञ्चालन अनुमति दिएको छ ।
संचालनको लागी अनुमति मागेका कम्पनीमध्ये युनीलाइफ इन्स्योरेन्स र स्टयाण्डर्ड लाइफ इन्स्योरेन्सको प्रक्रिया भने रोकिएको छ । आवश्यक प्रक्रिया पूरा नगरेकाले लाइसेन्स प्रक्रिया रोकिएको छ ।
े जीवन बिमा कम्पनीको हकमा चुक्ता पुँजी २ अर्ब तोकको छ भने निर्जीवन बिमा कम्पनीको हकमा १ अर्ब तोकिएको छ । सोहीअनुसार १० वटा कम्पनी सञ्चालनसँगै बजारमा २० अर्ब रूपैयाँ लगानी हुने भएको हो । बिमा क्षेत्रमा बढेको लगानीले रोजगारीको अवसर सिर्जना गर्ने समितिले बताएको छ ।नेपालमा ९ जीवन बिमा, १७ निर्जीवन र एक पुनर्बिमा कम्पनी सञ्चालनमा छन् । यस्तै, १० वटा नयाँ जीवन बिमा र ४ वटा निर्जीवन बिमा कम्पनी पनि थपिने भएका छन् । समग्रमा नयाँ कम्पनी थपिएसँगै नेपालमा बिमा कम्पनीहरूको संख्या ४१ पुग्नेछ ।