मेलम्ची खानेपानीको काम अन्तिम चरणमा



हाम्रो इकोनोमि

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ९० प्रतिशत काम सकिएको छ । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, सुरुङमार्ग र पाइपलाइनको काम ९० प्रतिशत सकिएको  हो।

सुरुङमार्ग निर्माणमा समस्या नआए असोजभित्रै राजधानीबासीले मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन् । २७ वर्षको सपना पूरा गर्न आयोजनाले निर्माणको कामलाई तीब्र बनाएको छ ।

पानी प्रशोधन केन्द्रमा फिल्टर जडान गर्न मात्र वाँकी छ। फिल्टर जडान गर्न पानीनै आवश्यक हुने भएकोले रोकिएको हो।मेलम्चीको पानी प्रशोधन गरेर अर्को ट्यांकीमा पठाएपछि मात्रै वितरण गर्न मिल्छ ।सुन्दरीजलमै प्रशासनिक भवन निर्माण भइसकेको र भवन अगाडी कालोपत्रे गर्ने काम मात्रै बाँकी रहेको छ ।

भवन निर्माण ठेक्का पाएको कम्पनीका प्रतिनिधी रामकृष्ण अर्यालले भवन लगायतका सिभिल निर्माणको काम लगभग सकिएको बताएका छन् ।आयोजनाको २७ किलोमिटर सुरुङमध्ये २३.८किलोमिटर खनेर सकिएको छ । अब सुरुङ खन्न ३.२ किलोमिटर मात्रै बाँकी छ ।

गत महिना स्थानीय तह निर्वाचका कारण ४ सय ३० मिटर मात्रै सुरुङ खनिएको थियो । स्थानीय तह निर्वाचन, मजदुर दिवस र बिस्फोटक पदार्थको अभावका कारण करिब एक साता काम नहुँदा गत महिना लक्ष्य भन्दा आधा मात्र काम भएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

सुरुङ खन्दा अहिले कमजोर चट्टानमा आइपुगेकोले केही समस्या भएको पन्तले बताए । अहिले पनि आयोजनामा चौथो र पाँचौ स्तरको चट्टान आईरहेको छ । जुन अति कमजोर चट्टान मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...