काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ ।
अख्तियारको टोली शुक्रबार दिउँसो आन्तरिक राजश्व विभागमा पुगी महानिर्देशक शर्मालाई केही विषयमा सोधपुछ गर्नु पर्ने भएकाले आयोगमा जान अनुरोध गरेको थियो ।
सादा पोशाकमा प्रहरीसहित टोली महानिर्देशक शर्माको कार्यकक्षमा पुगेको थियो । शर्माले आफ्नै शैलीमा ‘जे–जे सोध्नु छ, यहीँ सोध्नुहोस्, किन जानु प¥यो’ भन्दा टोलीले लिएरै जानु पर्ने अडान राखेको थियो । अन्ततः शर्मा टोलीसँगै अख्तियार पुग्नु भएको थियो ।
अख्तियार पुगेलगत्तै शर्मालाई सोझै हिरासतमा पठाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
के थिए आरोप
महानिर्देशक शर्मालाई कर फच्छ्र्यौट आयोगले दिएको कर मिनाहासम्बन्धी निर्णयमा अनियमितता गरेको आरोपमा अख्तियारले पक्राउ गरेको हो । महानिर्देशक शर्मासमेतको संलग्नतामा २० अर्ब रुपैयाँ भन्दा बढी कर मिनाहा गरेको आरोप छ । महानिर्देशक शर्मा एनसेललाई कर छुट दिने विवादित निर्णयमा समेत संलग्न रहेको आरोप लाग्दै आएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्वमा दीपकुमार उपाध्याय आएपछि भएको यो सबैभन्दा ठूलो कारबाही हो । www.janatasamachar.com बाट ।