‘श्रीमती छाड्छु, सुर्ती छाड्दिनँ’ भन्नेलाई सुर्ती छाड्न टिप्स



नेपालमा वर्षेनी ७ हजार क्षयरोगी र २७ हजार क्यान्सर रोगी सुुर्ती र धुम्रपानकै कारण बढिरहेका छन् भने वर्षमा १५ हजार नेपालीको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन कार्यान्वयनमा सरकारी उदासीनता र सेवनकर्ताको हेलचेक्र्याइँकै कारण वर्षेनी अन्दाजी १० अर्व रुपैयाँभन्दा बढी धूवाँमा उड्ने गरेको छ । आन्तरिक राजश्व कार्यालयका अनुसार सरकारले सालाखाला वर्षेनी ५ अर्ब रुपैयाँ सुर्तीबाट कर उठाउने गर्दछ । एक अध्ययनअनुसार सुर्तीकै कारण हुने नसर्ने रोगको उपचारमा १५ अर्बभन्दा वढी खर्च हुने गर्दछ ।

‘बरु तँलाई छोड्छु, सुर्ती छोड्न सक्दिनँ’ भन्ने जवाफ श्रीमान्बाट पाएपछि ताथली, भक्तपुरकी सामाजिक परिचालिका मेनुका थापालाई अचेल समाजमा धुम्रपानविरुद्ध बोल्न असहज हुन थालेको छ ।

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल भक्तपुरले बुधबार ताथली स्वास्थ्य चौकीमा गरेको अन्तरक्रिया कार्यक्रममा सामाजिक परिचालिका थापाले दुःखेसो पोख्दै भनिन्, ‘सर मिसहरुले भनिदिनु प¥यो, यस्तो जवाफ दिनेहरुलाई कसरी सम्झाउनु ?’

सुर्ती सेवनबाट क्यान्सर, मुटुरोग, दमखोकी, क्षयरोगलगायतका रोग लाग्छ भन्ने कुरा परिचालिकाले घरमा सम्झाउँदा सम्झाउँदा आजित भइसकेका छन् । बरु उनका छोरा मनिष थापाले जिन्दगीमा सुर्तीको छेउमै नपर्ने प्रतिवद्धता बारम्बार गरेपछि उनी निर्धक्क भएकी छिन् । छोरा थापाले सोही कार्यक्रममा आमाबाट धेरै कुरा सिकेको र आफू पनि जनचेतना जागृत गर्न लागि पर्ने बताए ।

स्वास्थ्य मन्त्रालय, प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रलगायतले उपलब्ध गराएको पोस्टर, पम्प्लेट, ब्रोसरमा उल्लेख गरिएका डरलाग्दा क्यान्सरका फोटाले पनि प्रभाव नपरेपछि आफू आजित नभएको र हार नमानेको सामाजिक परिचालिका थापाले कार्यक्रममा बताइन् ।

थापालाई मात्र हैन स्वास्थ्य स्वय्मसेविका कल्पना खड्कालाई पनि सोही प्रकारको समस्या रहेको छ । उनले पनि परिवारमा दाजुभाइ र साथीभाइलाई सम्झाउन कठिन भएको छ ।

जनस्वास्थ्य निरीक्षक हरिनारायण शाहले पनि यस्ता मान्छे भेटेका छन्, जो श्रीमति छोड्न तयार छन् तर सुर्ती छोड्न तयार छैनन् । उनले कार्यक्रममा भने, ‘विद्यालय र समाजमा सुर्तीसम्बन्धी चेतना जागृत गराउँदा बालबच्चा र महिलाहरु कन्भिस हुन्छन् र घरमा सम्झाउन खोज्छन् ।’ तर श्रीमान् र बुबाले नमानेको जवाफ पाएर उनी पनि हैरान छन् ।

यस सम्बन्धमा स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालकी संयोजक रत्नेश्वरी चवालले भनिन्, ‘सुर्तीमा रहेको निकोटिनको लत कति खतरनाक छ भने कुरा यसले पुष्टि गर्छ । परिवार छाड्न सक्ने जवाफ दिलाउने सुर्तीलाई अब नियमन मात्र हैन नियन्त्रण गर्न सरकार र नागरिक समाज डटेर लाग्नुपर्छ ।’

सुुर्तीले प्रजनन् क्षमता, यौन चाहना, यौवनामा प्रत्यक्ष असर गर्ने भएकाले परिवारमा असन्तुष्टि बढ्ने मात्रै नभइ विखण्डन गर्ने सम्मको खतरनाक कुरा आएकाले सम्वन्धित निकायले नाम मात्रको अभियान चलाउने परम्परालाई अन्त्य गर्नुपर्ने धारणा संयोजक चवालको रहेको छ ।

नेपालमा वर्षेनी ७ हजार क्षयरोगी र २७ हजार क्यान्सर रोगी सुुर्ती र धुम्रपानकै कारण बढिरहेका छन् भने वर्षमा १५ हजार नेपालीको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन कार्यान्वयनमा सरकारी उदासीनता र सेवनकर्ताको हेलचेक्र्याइँकै कारण वर्षेनी अन्दाजी १० अर्व रुपैयाँभन्दा बढी धूवाँमा उड्ने गरेको छ । आन्तरिक राजश्व कार्यालयका अनुसार सरकारले सालाखाला वर्षेनी ५ अर्ब रुपैयाँ सुर्तीबाट कर उठाउने गर्दछ । एक अध्ययनअनुसार सुर्तीकै कारण हुने नसर्ने रोगको उपचारमा १५ अर्बभन्दा वढी खर्च हुने गर्दछ ।

डेमोग्राफिक हेल्थ सर्भे २०११ अनुसार ५२ प्रतिशत पुरुष र १३.३ प्रतिशत महिला सुर्र्तीजन्य पदार्थ सेवन गर्दछन । पुरुषमध्ये ३० प्रतिशतले चुरोट र ३८ प्रतिशत सुर्ती (खैनी, पराग) सेवन गर्दछन भने महिलामध्ये ९ प्रतिशतले चुरोट र ६ प्रतिशतले सुर्र्ती (गुुट्खा, पानपराग ) सेवन गर्दछन् ।

सञ्जाल संयोजक रत्नश्वरी चवालले नेपालका ५ प्रतिशत, गर्भवती महिला र ७ प्रतिशत बच्चालाई दुध खुवाउने महिलाले चुरोट खान्छन भने ४ प्रतिशत गर्भवति महिला र ६ प्रतिशत दूध खुवाउने महिलाले सुर्र्ती सेवन गर्दछन भन्ने प्रतिवेदन छ ।

५१ प्रतिशत भन्दा बढी नेपालीको मृत्यु सुुुर्ती सेवनका कारण उत्पन्न हुने नसर्ने रोगबाट हुने गरेको पनि उनले बताइन् । दम, खोकी, क्यान्सर, मुुटुरोगजस्ता नसर्ने रोगको कारण सुुर्ती सेवन भएकाले यसलाई न्युनिकरण गर्न सरकारी र जनस्तरबाट अभियान चलाउनुु पर्ने उनको ठम्याइ छ ।

सुुर्ती कसरी छोड्ने ?
छोड्ने मिति/भाका तोकेर तयार बन्नुहोस् ।

छोड्ने अवधि भरी मार्गदर्शनका लागि छोडपत्र आफनो साथमा राख्नुहोस् र पढ्ने गर्नुहोस् ।

सुर्र्तीको सम्झना दिलाउने कुनै बस्तु छन् कि भनी आफनो घर, कार्यालय, कार हेर्नुहोस् र छन् भने हटाउनुहोस् । उदाहरणका लागि एस्ट्रे, चुरोट, लाइटर, खैनीका पुरिया ।

आफूले सुर्र्ती छोड्ने प्रण गरेको कुरा मित्रहरुलाई जानकारी दिनुहोस् । यसो गर्दा तपाईंंलाई आफनो अठोटमा अडिन बल पु¥याउनेछ । तपाईंका मित्रहरुले तपाईंलाई सुर्र्ती छोड्न र छोडेपछिको समस्यामा साथ दिन सक्नेछन् ।

सुर्र्ती छोड्न चाहने अरु मित्रहरुको खोजी गर्नुहोस् । मित्र अथवा सहकर्मीसँगै छोड्ने मिति तय गर्नाले उक्त लत त्याग्नलाई एक अर्काको सहयोग प्राप्त हुनेछ ।

सुर्र्ती छोड्नका लागि आपूmलाई शारीरिक रुपले तयार गर्न सामान्य व्यायाम र आराम गरेर र प्रशस्त तरल पदार्थ पिएर तयारी हुनुहोस् ।

तनावपूर्ण अवस्थाबाट जोगिनुहोस् तथा सुर्र्ती सेवन गर्न प्रेरित गर्ने खालका सामाजिक कार्यक्रमहरुबाट बच्नुहोस्

सुर्र्ती सेवन गर्ने तपाईंको आत्मबललाई कमजोर तुल्याउने हुनाले मादकपदार्थ नपिउनु होस् ।
ड्ड पेट टन्न हुने गरी नखानुहोस् ।

आफनो सौख पुरा गर्ने काममा लाग्नुहोस् । जस्तै पढ्न रुचाउनु हुन्छ भने चाख लाग्दा पुस्तकहरु खोजेर पढ्नुहोस् । खेलकुदमा चाख छ भने त्यतातिर लाग्नुु होस् ।

सुर्र्ती छोड्दा हुन देखापर्न सक्ने शारिरीक तथा मानसिक असरहरुसँग सामना गर्ने केही बुँदाहरु
लामो सास फेर्नेः पाँच गनुन्जेलसम्म लामो सास लिनुहोस् । फेरि पाँच गनुन्जेल विस्तारै सास छोड्नुहोस् ।

आराम गर्नुहोस्ः आरामदायी स्थानमा रहनुहोस्, आँखा बन्द गर्नुहोस्, हृदयदेखि नै आराम लिने कोशिस गर्नुहोस् । सुर्र्ती बिनै म बाँच्न सक्छु भनी मनमनै सोचिरहनु होस् ।

आफनो मनलाई अन्यत्रै लगाउनुहोस्ः केही अन्य काम गर्नुहोस्, गीत सुन्नुहोस्, हिड्नुहोस्, पुस्तक पढ्नुहोस, फोन उठाई साथीसँग बात मार्नुहोस् । केही खानेकुरा टोक्नुहोस् वा चपाउनुहोस् । सुर्र्तीको तलतल लागेमा सुख्खा फलफुल, तरकारी, सुपारी, ल्वाङ, सुकुमेल आदि तथा चुइङगम जस्ता टोकेर चपाउने बस्तुहरु चपाउनुहोस् ।

पटकपटक पानी वा फलफुलको रस पिउनुहोस्ः प्रशस्त पानी पिउनाले तपाईंको शरीरमा रहेका सुर्र्तीको लत लगाउने वस्तु निख्रन मद्दत पु¥याउँछ ।

नियमित व्यायाम गर्नुहोस्ः नियमित व्यायाम गर्नाले तपाईंको तनाव तलतल कम गर्न सहयोग पुग्छ । यसो गर्दा तपाईंलाई आरामको महसुस हुन्छ र तौल बढ्न नदिन सहयोग पु¥याउँछ ।

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन

    अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधबार राति राष्ट्रका नाममा

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

    चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

  मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल