यती बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम



हाम्रो इकोनोमि

काठमाडौँ । ‘जोडौँ एक नाता खोली बैंकमा खाता’ यही मूलनाराका साथ यती डेभलपमेन्ट बैंकले भक्तपुरको ख्वप कलेज र तारकेश्वर नगरपालिकास्थित मनमैजु माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्रममा, यती डेभलपमेण्ट बैंकले विभिन्न विद्यालय, कलेज, ग्रामीण क्षेत्रका विभिन्न महिला समूह, शिक्षाको पहुँच कम भएका क्षेत्रका युवा वर्गहरुलाई प्राथमिकतामा राखी यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ र यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिँदै लैजाने बैंकले जनाएको छ ।

कार्यक्रममा बैकिङ र बचतको महत्व, आस्वा प्रणाली, एटिएम कार्डको प्रयोग, मोबाइल बैकिङ तथा अनलाइन बैकिङको उपयोगिता तथा प्रयोग, जाली नोट चिन्ने प्रविधिबारे जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...