काठमाडौँका जनप्रतिनिधिले लिए शपथ



हाम्रो इकोनोमि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले गरेको प्रमाणपत्र वितरण एवम् शपथग्रहण समारोहमा प्रमुख पदमा निर्वाचित विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र ३२ वटै वडाका वडा अध्यक्षले शपथग्रहण गरेका हुन् । प्रमुख र उपप्रमुखलाई मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले र वडा अध्यक्षलाई प्रमुख शाक्यले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । प्रमुख, उपप्रमुख दुवैले नेपाली र नेपाल भाषामा शपथ लिए ।

प्रमुख शाक्यले निर्वाचनअघि जनतालाई दिएको वचन पूरा गर्न सबै दलसँग मिलेर काम गर्ने बताए । उनले सुन्दर, समृद्ध र जीवित महानगर स्थापित गर्नु नै आफ्नो कार्यकालको प्रमुख काम रहेको बताउँदै महानगरलाई हेर्नलायक मात्र होइन, बस्नलायक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, उपप्रमुख खड्गीले राजधानीलाई बस्नयोग्य बनाउनु आफ्नो पहिलो कार्य रहेको भन्दै धार्मिक सम्पदा संरक्षण गरी पर्यटकीयस्थल बनाउन नगरबासीसँगको सहकार्य आवश्यक पर्ने बताइन् । 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...