प्रधानमन्त्रीबाट राजीनामा दिएपछि दाहाल पहिलोपटक बालुवाटार पुगेका छन। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ। भेटमा सरकार सञ्चालन, मन्त्रीपरिषद विस्तार लगायत विषयमा छलफल हुने बताइएको छ।
देउवा प्रधानमन्त्री भएपछि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन। सरकार दोस्रो चरणको स्थानीय तह निर्वाचनमा केन्द्रित भएपछि मन्त्रीपरिषद विस्तार ढिला भएको हो।
दुई नेताबीचको भेटमा दोस्रो चरणको निर्वाचनको समीक्षा र तेस्रो चरणको तयारीबारे पनि कुरा हुन सक्ने अनुमान गरिएको छ। अर्कातिर चुनाबी परिणामलाइ लिएर कुराकानी हुने पनि बुझिएको छ।