नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार अपराह्नसम्म अवरुद्ध



हाम्रो इकोनोमि

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै आज मध्याह्न ठूलो पहिरो खसेपछि शनिबार अपराह्नसम्म सडक अवरुद्ध हुने भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मि मुग्लिनतर्फ पहिरो खसेको हो । इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिनबाट २.५ किमी नारायणगढतर्फको सडकमा यसअघि ठूलो पहिरो खसेर चार प्रहरीसहितको भ्यान र ट्रक बगाएको थियो ।

बिहान खसेको पहिरो पन्छाउन नपाउँदै ठूलो पहिरो खसेको थियो । पहिराले ५० मि सडक ढाकेको छ । खनालका अनुसार करिब आठ हजार घनमिटर पहिरो खसेको छ । पहिरो पन्छाउने क्रममा दुई वटै लोडर नारायणगढतर्फ परेकाले एकापट्टिबाट मात्र पहिरो पन्छाउने काम भइरहेको छ । एउटा ब्रेकरले ढुङ्गा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम भइरहेको खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...