लागुऔषधसहित भारतीय पक्राउ



हाम्रो इकोनोमि

लहान । लागुऔषध चरेस र गाँजासहित प्रहरीले आज सिरहाको लहानबाट एक भारतीयलाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१२ स्थित भोटियाटोल नजिकै सडक छेउमा नसालु पदार्थ सेवन गरी मानिस सुतिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लागुऔषध चरेस र गाँजासहित भारतको विहार राज्यअन्तर्गत सिवान जिल्ला सिसानी थाना मुईयान ग्राम पञ्चायत निवासी ३७ वर्षीय श्यामसुन्दरप्रसाद सुनारलाई पक्राउ गरेको हो ।

अभियुक्त सुनारका साथबाट प्लास्टिकको झोलामा टेपले बेरिएका अवस्थामा दुई किलो चरेस र ९८० ग्राम गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...