पथरी शनिश्चरे– १ र बाजुरा गौमूलमा एमाले विजयी



हाम्रो इकोनोमि

उर्लाबारी (मोरङ) । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं– १ को वडाअध्यक्षमा नेकपा एमालेका बाबुराम याङदेनले एक हजार ५२९ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार धनकुमार तामाङले एक हजार १११ मत प्राप्त गर्नुभयो । सो वडामा चार हजार १५२ मत खसेको थियो ।

यस्तै वडा सदस्यहरुमा एमालेकै रोमान्सी धिमाल, इन्दिरा सुन्दास, दुर्गाप्रसाद सिटौला र धनप्रसाद साँवा विजयी हुनुभएका छन् ।

गौमूलमा एमाले विजयी

बाजुराको गौमूल गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

गौमूलको अध्यक्षमा हरि रोकाया दुई हजार २४० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवबहादुर रोकायाले एक हजार ५०० मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा एमालेकी सीता थापा दुई हजार २०१ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उमा रोकाया एक हजार ५५५ मत प्राप्त गर्नुभयो । गौमूल गाउँपालिकाको चारवटा वडामा एमाले र दुईवटामा काँग्रेस विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...