पाकोट मझुवागढी नपा– १३ मा माओवादीको समूह विजयी



हाम्रो इकोनोमि

खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका– १३ नुनथलामा नेकपा (माओवादी केन्द्र)को समूह विजयी भएको छ ।
माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भीम राईले २९५ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जगवीर तामाङले १८० मत प्राप्त गर्नुभएको थियो ।

सो वडामा माओवादीकै अन्य सदस्य पनि विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२६ हजार २८३ मतदाता रहेको नगरपालिकामा १७ हजार ४४ मत खसेको जनाइएको छ ।

प्राप्त मतपरिणामअनुसार वडा नम्बर १, ७ र ११ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ६, १२ र १३ मा माओवादी केन्द्रका समूह विजयी भएको बताइएको छ ।

खोटाङकै जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी हुनुभएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले प्रमुख, उपप्रमुख, चार वडाध्यक्ष र १७ सदस्यसहित २३ पदमा जित हासिल गरेको छ । एमालेका शङ्करबहादुरले दुई हजार १५३ र विमलाले दुई हजार ८६ मत ल्याएर प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् ।
अध्यक्ष पदमा शङ्करका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेम खड्काले एक हजार ५६२ र उपप्रमुख अनिता राईले एक हजार ४६६ मत ल्याउनुभएको छ ।
उक्त गाउँपालिकामा काँग्रेसले एक वडाध्यक्षसहित सात पद र माओवादी केन्द्रले एक वडाध्यक्षसहित दुई पदमा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...