सिगास–१ र पाटन–९ मा एमाले विजयी



हाम्रो इकोनोमि

काठमाण्डौं । बैतडीको सिगास गाउँपालिका वडा नं १ मा नेकपा (एमाले)का गगनसिंह धामी २३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामचन्द्र ऐरीले २२९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै सदस्यमा एमालेका मञ्जुकुमारी अवस्थी, कलावती चर्मकार, दानबहादुर ऐरी र खुला सदस्यमा काँग्रेसका लालसिंह धामी विजयी भएका छन् ।

पाटन–९ मा एमाले विजयी

बैतडीको पाटन नगरपालिका वडा नं ९ को अध्यक्षमा एमालेका लोकेन्द्र भण्डारीको समूह विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णसिंह भाटलाई १०५ मतअन्तरले पछि पार्दै भण्डारी विजयी हुनुभएको हो ।

विजयी भण्डारीले ३९० मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्यमा सुनिता भट्ट, दलित महिला सदस्यमा सरु लुहार र सदस्यहरुमा इन्द्रसिंह बोहरा र रामसिंह भाट विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...