भोजपुर नगरपालिका–३, ४, ७ र ८ मा काँग्रेस विजयी



हाम्रो इकोनोमि

भोजपुर । भोजपुर नगरपालिका–३, ४, ७ र ८ नं वडामा नेपाली काँग्रेस विजयी भएको छ भने भोजपुर नपा–१ मा नेकपा (माओवादी केन्द्र) र भोजपुर नपा– २ मा नेकपा (एमाले) विजयी भएको छ ।

भोजपुर नपा– ३ को वडाध्यक्षमा काँग्रेसका कमल राईको समूह विजयी भएको छ । राईले ४१४ मत प्राप्त गरी एमाले उम्मेदवारलाई पराजित गर्नुभएको हो । भोजपुर नपा– ४ को वडाध्यक्षमा काँग्रेसका प्रेम भण्डारी ५२८ ल्याई विजयी हुनुभयो । उक्त वडामा काँग्रेसको पुरै समूह विजयी भएको छ ।

यस्तै भोजपुर नपा– ८ को वडाध्यक्षमा काँग्रेसका गोपाल कार्की १९३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नविन प्रधानले १५२ मत प्राप्त गर्नुभयो । सो वडामा काँग्रेसको पुरै समूह विजयी भएको हो ।

यसैगरी भोजपुर नपा– ७ को वडाध्यक्षमा काँग्रेसका जयबहादुर तामाङ ३२६ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सीताराम श्रेष्ठले २५७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै भोजपुर नपा– १ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु भुजेल २०७ मत ल्याई विजयी हुनुभयो । सो वडामा माओवादी केन्द्रको पुरै समूह विजयी भयो ।
भोजपुर नपा– २ को वडाध्यक्षमा एमालेका कुमार राई ३२६ मत ल्याई विजयी हुनुभयो । उक्त वडामा एमालेको पुरै समूह विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...