छेडेदहमा कांग्रेसले जितिरहदा दहमा डुबेर महिलाको मृत्यु



हाम्रो इकोनोमि

बाजुरा । छेडेदह गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् पाँच वटा वडा अध्यक्षमा नेपाली काँग्रेसका समूह विजयी भएका छन् ।

सो गाउँपालिकाका अध्यक्षमा काँग्रेसका नरबहादुर रावतले तीन हजार ७०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर ओलीले तीन हजार १०० मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपाध्यक्षमा काँग्रेसकै कुन्ती साउदले तीन हजार ६७१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी पवित्रा शाहीले तीन हजार १२५ मत प्राप्त गर्नुभएको छ ।
छेडेदह गाउँपालिकामा काँग्रेसले पाँच वडामा विजय हासिल गरेको छ भने एमालेले दुई वडामा विजयी भएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो ।
बूढीनन्दा नगरपालिका–३ मा काँग्रेस विजयी
त्यस्तै बूढीनन्दा नगरपालिका–३ मा नेपाली काँग्रेस समूह विजयी भएका छन् ।
वडाध्यक्षमा काँग्रेसका रामबहादुर बोहराले ५०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनबहादुर रोकायाले ४५३ मत प्राप्त गर्नुभएको छ ।

उता दाङको घोराही उपमहानगरपालिका– १३ मा रहेको बाह्रकुने दहमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
सोे दहमा स्थानका क्रमामा खुट्टा सफा गर्न लाग्दा लडेर डुबी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक निर्मल खत्रीले जानकारी दिनुभएको छ ।
पहिचान हुनसकेको मृतक महिलाको शव परीक्षणका लागि राप्ती उपक्षेत्रीय अस्पताल ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...