छेडेदहमा कांग्रेसले जितिरहदा दहमा डुबेर महिलाको मृत्यु



हाम्रो इकोनोमि

बाजुरा । छेडेदह गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् पाँच वटा वडा अध्यक्षमा नेपाली काँग्रेसका समूह विजयी भएका छन् ।

सो गाउँपालिकाका अध्यक्षमा काँग्रेसका नरबहादुर रावतले तीन हजार ७०५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर ओलीले तीन हजार १०० मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपाध्यक्षमा काँग्रेसकै कुन्ती साउदले तीन हजार ६७१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी पवित्रा शाहीले तीन हजार १२५ मत प्राप्त गर्नुभएको छ ।
छेडेदह गाउँपालिकामा काँग्रेसले पाँच वडामा विजय हासिल गरेको छ भने एमालेले दुई वडामा विजयी भएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो ।
बूढीनन्दा नगरपालिका–३ मा काँग्रेस विजयी
त्यस्तै बूढीनन्दा नगरपालिका–३ मा नेपाली काँग्रेस समूह विजयी भएका छन् ।
वडाध्यक्षमा काँग्रेसका रामबहादुर बोहराले ५०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनबहादुर रोकायाले ४५३ मत प्राप्त गर्नुभएको छ ।

उता दाङको घोराही उपमहानगरपालिका– १३ मा रहेको बाह्रकुने दहमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
सोे दहमा स्थानका क्रमामा खुट्टा सफा गर्न लाग्दा लडेर डुबी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक निर्मल खत्रीले जानकारी दिनुभएको छ ।
पहिचान हुनसकेको मृतक महिलाको शव परीक्षणका लागि राप्ती उपक्षेत्रीय अस्पताल ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...