बेसहारा बालबालिकालाई पढाईमा सहयोग



हाम्रो इकोनोमि

दुनै (डोल्पा) । बाबुको मृत्यु लगत्तै आमाले बिहे गरेपछि बिचल्लीमा परेका त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ६ ल्हाँका दुईजना बेसहारा बालबालिकालाई विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

बेसहारा बनेका सात वर्षीया चन्द्रा बिटालु र नौ वर्षीया पार्वती बिटालुको उचित पालन पोषण तथा शिक्षा पाउने अधिकारको सुनिश्चितताका लागि बेलायतमा बस्दै आएकी रीता परियारले नगत रु एक लाख दुई हजार सहयोग प्रदान गर्नुभएको हो ।

मामाघर जाजरकोटमा बिचल्ली पूर्ण अवस्थामा दुई बालबालिकाको बस्दै आएको समाचार पढेपछि आफूले उनीहरुको पालन पोषण तथा शिक्षाका लागि सहयोग प्रदान गरेको उहाँले बताउनुभयो ।

पार्वती र चन्द्रलाई अहिले चतुरमाला प्राथमिक विद्यालय जाजरकोटमा भर्ना गरिएको पत्रकार तथा समाजसेवी लक्ष्मण रसाइलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...