बेसहारा बालबालिकालाई पढाईमा सहयोग



दुनै (डोल्पा) । बाबुको मृत्यु लगत्तै आमाले बिहे गरेपछि बिचल्लीमा परेका त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ६ ल्हाँका दुईजना बेसहारा बालबालिकालाई विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

बेसहारा बनेका सात वर्षीया चन्द्रा बिटालु र नौ वर्षीया पार्वती बिटालुको उचित पालन पोषण तथा शिक्षा पाउने अधिकारको सुनिश्चितताका लागि बेलायतमा बस्दै आएकी रीता परियारले नगत रु एक लाख दुई हजार सहयोग प्रदान गर्नुभएको हो ।

मामाघर जाजरकोटमा बिचल्ली पूर्ण अवस्थामा दुई बालबालिकाको बस्दै आएको समाचार पढेपछि आफूले उनीहरुको पालन पोषण तथा शिक्षाका लागि सहयोग प्रदान गरेको उहाँले बताउनुभयो ।

पार्वती र चन्द्रलाई अहिले चतुरमाला प्राथमिक विद्यालय जाजरकोटमा भर्ना गरिएको पत्रकार तथा समाजसेवी लक्ष्मण रसाइलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु

तिब्बतमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

  आजको तिब्बत केन्द्र बनाएर नेपाल, भारत, भुटान तथा बंगलादेशमा कम्प महसुस भएको

भूकम्पमा परेर तिब्बतमा ३६ जनाको मृत्यु

    आज बिहान तिब्बत केन्द्र बनाएर नेपाल, भारत तथा भुटानमा कम्प महसुस