६५ प्रतिशत हकप्रद जारी गर्दै मेगा बैंक



हाम्रो इकोनोमि

काठमाण्डौं । मेगा बैंक लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।

हकप्रद सेयर निस्कासन गर्नका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निस्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

बैंकले अहिलेको पूँजीको दुई अर्ब ९७ करोड ८५ लाख तीन हजार ४३३ रुपैयाँ बराबरको हकप्रद निस्कासन गर्ने प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए।

हकप्रद निस्कासनपछि चुक्ता पूँजी सात अर्ब नाघ्ने छ। बैंकले बाँकी पूँजी चालु बर्षको नाफा र थप हकप्रद निस्कासन गरेर पुर्याउने रणनीति लिएको छ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...