काठमाडौँ । स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार निर्वाचन भएका ३५ जिल्लाको मतपरिणाम आउने क्रम जारी छ। निर्वाचनमो मतपरिणाम अनुसार नेपाली कांग्रेस र एमालेबीच तीव्र प्रतिश्पर्धा भइरहेको छ। अहिले कांग्रेस र एमालेले बराबरी अग्रता लिएका छन। ७८ स्थानमा दुबैले लिड गरिरहदा माओबादी २८ स्थानमा अगाडी छ। अहिले सम्म कांग्रेसले र माओबादीले १ -१ ठाउमा जितेका छन भने एमालेले २ ठाउमा जितेको छ।
स्थानीय तह निर्वाचनको प्राप्त मतगणनाको नतिजाअनुसार इलाम नगरपालिका–१२ मा नेपाली काँग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । सो वडाको मतगणनाको नतिजाअनुसार नेकाका वडाध्यक्षका उम्मेदवार लाखमान लिम्बूले ७२४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चक्रबहादुर लिङदमले ६७१ मत प्राप्त गर्नुभएको छ ।
सो वडाको महिला सदस्यमा नेकाकी प्रमिला लिम्बूले ७६६, दलित महिला सदस्यमा कुमारी लुहागुनले ७८६, खुल्ला सदस्यमा नरसिंह एक्तेन र भानुभक्त घिमिरेले क्रमशः ७४९ र ६९८ मत ल्याएर विजयी हुनुभएको छ ।
सन्दकपुर–१ मा माओवादी केन्द्र विजयी
इलामको सन्दकपुर गाउँपालिका–१ मा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्ष पदका उम्मेदवार नन्दकुमार राई विजयी हुनुभएको छ । राईले ३८० मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गणेश राईले ३०५ मत पाउनुभएको छ ।
यसैगरी, खुल्ला सदस्यमा नेकपा (एमाले)का तेजबहादुर राई र माओवादी केन्द्रका रहरकुमार थुलुङ विजयी भएका छन् । सोही वडाका दलित महिला सदस्यमा एमालेकी दिलमाया विक र सदस्य पदमा माओवादी केन्द्रबाट सिद्धार्थ राई विजयी भएका छन् ।
पाल्पाको निस्दी गाउँपालिका–१ र ७ मा नेपाली काँग्रेसको पूरै प्यानल विजयी भएको छ । नेपाली काँग्रेस वडा नं १ मा नेकाका अध्यक्ष पदका उम्मेदवार पूर्णबहादुर खाँण सहितको पूरै प्यानल निर्वाचित भएको हो । निर्वाचित खाँणले ६६८ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का टुकबहादुर सोतीले ४९३ मत ल्याउनुभएको छ ।
यस्तै, वडा नं ७ मा नेकाकै गगन सिं सोतीको पूरै प्यानल नै विजयी भएको छ । सोतीले ६७५ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार भीमबहादुर थापाले ५९३ मत ल्याउनुभएको छ ।
यसैगरी, पाल्पाको रामपुर नगरपालिका–१ मा नेकपा (एमाले)को प्यानलै विजयी भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको गठबन्धनबाट नेकपा (एमाले)का वडाध्यक्ष पदका उम्मेदवार मित्रलाल कँडेलले ७८५ मत ल्याई उहाँको पूरै प्यानल नै विजयी भएको छ ।
उहाँका प्रतिस्पर्धी नेकाका कपिलबहादुर खाँणले ६२६ मत ल्याउनुभएको छ । अहिले रामपुर नगरपालिका–१० को मतगणना कार्य भइरहेको छ ।
अर्घाखाँची शितगङ्गा नगरपालिका– ८ को वडाअध्यक्षमा नेकपा ९माओवादी केन्द्र०ले विजयी भएको छ ।
माओवादी केन्द्रका रुकेस आलेले ४१८ मत ल्याएर विजयी हुनुुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश जबराले ३७७ मत प्राप्त गर्नुभएको छ ।