बाजुराको पाण्डवगुफा गाउँपालिकामा एमाले बिजयी



हाम्रो इकोनोमि

बाजुरा । बाजुराको पाण्डवगुफा गाउँपालिकामा एमालेको प्यनलै विजयी भएको छ ।

शुक्रवार विहान सार्वजनिक भएको मतगणनाको अन्तिम परिणाम अनुसार पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा एमालेका कालिवहादुर शाही १४५१ मत प्राप्त गरी बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुन्दर विष्टले ९८९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि एमालेकै ऐना गिरी १४९० मत प्राप्त गरी बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी तारा रोकाया ९८७ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकाका ६ वडामध्ये ४ मा एमाले र एक एक वडामा कांग्रेस र माओवादीले जित निकालेका छन् । बाजुराको यो पहिलो निर्वाचन परिणाम हो । यो सहित नेकपा एमालेले २ स्थानमा विजय हासिल गरेको छ । बझाङको मस्टा गाउँपालिकमामा पनि एमालेले विजय गरी जतिको पहिलो खाता खोलेको थियो ।

अहिले सम्मको नतिजा अनुसार नेकपा एमाले र कांग्रेस ७८ /७८ स्थानमा अग्रता लिईरहेको छन् । माओवादी केन्द्रे २८, फोरम नयाँ शक्ति र फोरम लोकतान्त्रिकले ५/ ५ र राप्रपाले ३ स्थानमा अग्रता लिईरहेका छन् । अन्यले ४ स्थानमा अग्रता लिईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...