बाजुराको पाण्डवगुफा गाउँपालिकामा एमाले बिजयी



हाम्रो इकोनोमि

बाजुरा । बाजुराको पाण्डवगुफा गाउँपालिकामा एमालेको प्यनलै विजयी भएको छ ।

शुक्रवार विहान सार्वजनिक भएको मतगणनाको अन्तिम परिणाम अनुसार पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा एमालेका कालिवहादुर शाही १४५१ मत प्राप्त गरी बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुन्दर विष्टले ९८९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि एमालेकै ऐना गिरी १४९० मत प्राप्त गरी बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी तारा रोकाया ९८७ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकाका ६ वडामध्ये ४ मा एमाले र एक एक वडामा कांग्रेस र माओवादीले जित निकालेका छन् । बाजुराको यो पहिलो निर्वाचन परिणाम हो । यो सहित नेकपा एमालेले २ स्थानमा विजय हासिल गरेको छ । बझाङको मस्टा गाउँपालिकमामा पनि एमालेले विजय गरी जतिको पहिलो खाता खोलेको थियो ।

अहिले सम्मको नतिजा अनुसार नेकपा एमाले र कांग्रेस ७८ /७८ स्थानमा अग्रता लिईरहेको छन् । माओवादी केन्द्रे २८, फोरम नयाँ शक्ति र फोरम लोकतान्त्रिकले ५/ ५ र राप्रपाले ३ स्थानमा अग्रता लिईरहेका छन् । अन्यले ४ स्थानमा अग्रता लिईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...