एमालेलाइ पछ्याउदै कांग्रेस,यी हुन् पछिल्लो पटक नतिजा आएका जिल्लाहरु



काठमाडौं। स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार निर्वाचन भएका ३५ जिल्लाको मतपरिणाम आउने क्रम जारी छ। निर्वाचनमो मतपरिणाम अनुसार नेपाली कांग्रेस र एमालेबीच तीव्र प्रतिश्पर्धा भइरहेको छ। सुरुवाती रुझानमा कांग्रेसले अग्रता लिएको भएपनि पछिल्लो समय भने एमालेले अग्रता लिएको छ। अहिले सम्मको तथ्यांक अनुसार एमालेले ६७ स्थानमा अग्रता लिएको छ,त्यस्तै कांग्रेसले ५४ स्थानमा अग्रता लिदै एमाले लाइ पछ्याई रहेको छ। उता माओबादीले १४,राप्रपाले २,फोरम र नया शक्तिले ४ फोरम लोकतान्त्रिकले ३ स्थानमा अग्रता लिएका छन भने अन्यले ४ स्थानमा अग्रता लिएका छन।

पछिल्लो जानकारी अनुसार बैतडीको पाटन नगरपालिका– ७ को अध्यक्ष पदमा एमालेका ललितबहादुर चन्दको समूह विजयी भएको छ ।
चन्दले ३२७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिदत्त भट्टले २३४ मत प्राप्त गरेका छन् ।
यसैगरी एमालेबाटै महिला सदस्यमा विन्दु चन्द, दलित महिला सदस्यमा विस्ना दमाई र सदस्यमा कर्णसिंह पेला र वीरबहादुर ठगुन्ना विजयी भएका छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नं १ मा नेकपा(एमाले) का वडाध्यक्षसहित समूह नै विजयी भएको छ ।
वडाध्यक्ष पदमा एमालेका नरबहादुर राई ४४७ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार राईले ४०१ मत प्राप्त गर्नुभएको हो।

 

डडेल्धुराको अमरगढी नगरपालिका वडा नं १ र गन्यापधुरा गाउँपालिकाको वडा नं १ मा नेपाली काँग्रेसका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन् ।
अमरगढी नगरपालिका वडा नं १ बाट काँग्रेसका लोकबहादुर ऐर प्यानलसहित विजयी भएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।
यसैगरी डडेल्धुराकै गन्यापधुरा गाउँपालिका वडा नं १ मा काँग्रेसकै चेतराज भट्ट प्यानलसहित विजयी भएका छन् । डडेल्धुरामा रहेका सातवटै स्थानीय तहमा मतगणना भइरहेको छ । हालसम्म चार स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ भने दुई तहमा एमाले र एकमा माओवादी केन्द्रले अग्रता लिएको छ ।

डोटीको शिखर नगरपालिका– १ मा वडाध्यक्षसहित काँग्रेसको प्यानलै विजयी भएको छ ।
वडाध्यक्षमा काँग्रेसका खड्कबहादुर शाही ६३३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीले ४०३ ल्याउनुभयो । वडा सदस्यहरु पनि काँग्रेसबाट विजयी हुनुभएको छ ।
सो वडामा एक हजार ४०५ मत खसेको थियो । नगरपालिकामा प्रमुखमा काँग्रेसका सीताराम जोशीले ६१९ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा काँग्रेसकी धौलीदेवी रावलले ६३६ मत प्राप्त गर्नुभएको छ ।
एमालेबाट प्रमुखमा शेरबहादुर मल्लले ४५१ र उपप्रमुखमा राधिका बोहराले ४०६ मत प्राप्त गरेको छ।

त्यसै गरी ताप्लेजुङ जिल्लाको मेरिङ्देन गाउँपालिका–६ मा नेकपा (एमाले) को प्यानलै विजयी भएको छ । परिणामअनुसार अध्यक्षमा ३९२ मतका साथ ठाकुरसिंह लिम्बू विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जयनारायण नाल्बोले २२६ मतन प्राप्त गर्नुभयो ।
उता मैवाखोला गाउँपालिका–६ मा एमालेको प्यानलै विजयी भएको छ । सो वडामा २७३ मतका सात विष्णुकुमार नियोङ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सन्तकुमार थुप्राले ३३७ मत प्राप्त गर्नुभयो ।
श्रीगङ्गा गाउँपालिका–१ मा एमालेको प्यानलै विजयी भएको छ । सो वडामा एमाले उम्मेदवार उर्मिला थेवे ५०७ मतका साथ विजयी हुुनुभयो । उहाँ सांसद भूपेन्द्र थेवेकी श्रीमती हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रसका सुनिल थेवेले ३५४ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय