सांसदकी श्रीमती निर्बाचित



हाम्रो इकोनोमि

ताप्लेजुङ । जिल्लाको मेरिङ्देन गाउँपालिका–६ मा नेकपा (एमाले) को प्यानलै विजयी भएको छ । परिणामअनुसार अध्यक्षमा ३९२ मतका साथ ठाकुरसिंह लिम्बू विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जयनारायण नाल्बोले २२६ मतन प्राप्त गर्नुभयो ।

त्यसैगरी मैवाखोला गाउँपालिका–६ मा एमालेको प्यानलै विजयी भएको छ । सो वडामा २७३ मतका सात विष्णुकुमार नियोङ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सन्तकुमार थुप्राले ३३७ मत प्राप्त गर्नुभयो ।

श्रीगङ्गा गाउँपालिका–१ मा एमालेको प्यानलै विजयी भएको छ । सो वडामा एमाले उम्मेदवार उर्मिला थेवे ५०७ मतका साथ विजयी हुुनुभयो । उहाँ सांसद भूपेन्द्र थेवेकी श्रीमती हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रसका सुनिल थेवेले ३५४ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...